एउटा घर खरिद गर्नुस् दुई देशको नागरिक बन्नुस

वासिंटन, असार १४ । एउटा घर खरिद गर्दा दुई देशको नागरिक बन्न पाइन्छ भन्ने कुरा अनौठो लाग्न सक्छ । तर, यो वास्तविकता हो । एउटा घर खरिद गरेबापत अमेरिका र क्यानाडाको नागरिकता पाउन सकिन्छ ।

अमेरिका र क्यानाडाको सीमा क्षेत्रमा रहेको उक्त घर बिक्रीमा छ । ७ हजार वर्गफिटमा रहेको उक्त घरको मूल्य एक लाख ९ हजार डलर छ । ४० वर्ष पुरानो यो घरका मालिक ब्रेन र जोन डुमोलिन दम्पत्ती हुन् । उनीहरु दुबैले यो घर बिक्री गर्ने निर्णय गरेका हुन् । पुरानो भएका कारण खरिदकर्ताले यो घर मर्मत गर्नुपर्ने हुन्छ ।

यो घरमा २४ सै घण्टा सुरक्षा व्यवस्था उपलब्ध छ । सीमा क्षेत्र भएका कारण पनि दुबै देशका सुरक्षाकर्मीले यो घर आसपास सुरक्षा दिइरहेका हुन्छन् । दुबै मुलुकको सीमा क्षेत्रमा भएका कारण यो घर दुई मुलुकसँग सम्बन्धित भएको हो । त्यसैले पनि यो घरको मालिकले दुबै मुलुकको नागरिक हुन पाउँछ । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *