अस्ट्रेलियाका क्रिकेट खेलाडी बेरोजगार हुँदै

एजेन्सी । यही जुलाईको पहिलो सातादेखि अस्ट्रेलियाका २ सयभन्दा बढी वरिष्ठ क्रिकेट खेलाडी बेरोगार हुने भएका छन् । अस्ट्रेलिया क्रिकेट संघका अध्यक्ष ग्रेग डायरले बताए अनुसार आउँदो जुन ३० मा देशका सबै शीर्ष क्रिकेट खेलाडीहरुको क्रिकेट अस्ट्रेलियासँगको अनुबन्ध समाप्त हुँदैछ । र, यस अवधिमा खेलाडीसँगको अनुबन्ध नवीकरण नभएको खण्डमा १ जुलाईदेखि सबै खेलाडी बेरोजगार बन्ने छन् ।

‘अनुबन्ध नवीकरणको समस्या समाधानतर्फ जादै गरेको देखिदैन,’ पूर्व टेस्ट विकेटकिपर डायरले भने । खेलाडीहरुको पारिश्रमिकलाई लिएर विवाद चुलिएपछि क्रिकेट अस्ट्रेलियाले पुरुष र महिला खेलाडीको तलब बढाउन सहमति जनाएको थियो । तर, बोर्डले गर्ने आम्दानीको केही प्रतिशत हिस्सा खेलाडीलाई दिनुपर्ने मागमा भने सहमति बन्न सकेको छैन् ।

खेलाडीहरु आफ्नो मागमा अडिग छन् । यसैकारण आउँदो अगस्टमा बंगलादेशविरुद्ध हुने दुई टेस्टको शृंखला र आउँदो नोभेम्बरदेखि सुरु हुने एसेस शृंखला अन्यौलमा देखिएको छ । अस्ट्रेलियाको महिला टोली हाल विश्व कप प्रतियोगिताका लागि इङ्ल्यान्डमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *