प्रतिनिधिसभातर्फ बाम गठबन्धनका कुन-कुन उम्मेद्वारले बहुमतका साथ जित हासिल गरे ( हेर्नुहोस् मत परिणाम)

काठमाडौँ, मंसिर २३ । जारी प्रतिनिधि र प्रदेश सभा मत गणना भइरहदा हालसम्म बाम गठबन्धन र काँग्रेसले विभिन्न ठाउँमा प्रतिनिधि सभा सदस्यमा विजयी हासिल गरेका छन् ।

 

प्रतिनिधि सभातर्फ काँग्रेसले ४ स्थानमा जित हासिल गर्दा बाम गठबन्धनले २९ स्थानमा आफ्नो जित सुनिश्चित गरिसकेको छ भने बाम गठबन्धनले दुई तिहाई मतान्तरले काँग्रेसका उम्मेद्वारलाई पराजित गरेर जित सुनिश्चित गरेका छन् । हाल दुवै चरणमा सम्पन्न प्रतिनिधि र प्रदेश सभाका मत गणना भइरहेका छन् ।

हेर्नुहोस् हालसम्म बाम गठबन्धन र काँग्रेसले जित हासिल गरेका क्षेत्र :

बाम गठबन्धन

१.पार्वत गुरूङ : दोलखा क्षेत्र नं.१ बाट ५५९५४ मत ल्याउँदै गुरुङ भारी मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका उम्मेद्वार रूद्र खड्काले २५८०१ मत प्राप्त गर्न सफल भएका थिए ।

२.बसन्त कुमार नेम्वाङ : पाँचथर क्षेत्र नं. १ बाट नेम्वाङले काँग्रेसका उम्मेद्वार भीष्म आङदेम्बेलाई पराजित गर्दै जित हात पारेका हुन् । उनले ३८६४२ प्राप्त गर्दा आङदेम्बेले २८०२५ मत प्राप्त गर्न सफल भएका थिए ।

३. खेम लोहनी : धादिङ क्षेत्र नं.२बाट विजयी भएका लोहनीले ३६२५६ मत प्राप्त गर्दै बिजयी हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी काँग्रेसका दिलमान पाख्रिनले ३५६१६ मत ल्याउन सफल भएका थिए ।

४.कृष्णगोपाल श्रेष्ठ : ०५१ साल पश्चात् चार पटक हार व्यहोरको श्रेष्ठले काठमाडौं क्षेत्र नं. ९ बाट विजयी हासिल गरेका छन् । उनले २२८५२ मत प्रदान गर्दा उनका निकटतम् प्रतिद्धन्द्धी काँग्रेसका ध्यानगोविन्द रञ्जित १४८०२ मत प्राप्त गरेका थिए ।

५. घनश्याम खतिवडा : मोरङ क्षेत्र नं. १ बाट ३७५२४ मत ल्याउदै काँग्रेसका डिगबहादुर लिम्वूलाई पराजित गरेका थिए । लिम्बूले ३१४३६० मत प्राप्त गरेका थिए ।

६.शेरबहादुर तामाङ : सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट तामाङले ३८४०१ मत ल्याउँदै  लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर राणा पाखा लगाए । सो क्षेत्रमा आफ्नो पकड भएको बताउने राणाले जम्मा ३०३६९ मत ल्याउन सफल भएका थिए ।

७.यज्ञराज सुनुवार : सबैभन्दा रोचक प्रतिस्पर्धा देखिएको ओखलढुंगा क्षेत्र नं.१ मा बाम गठबन्धनबाट सुनुवारले ३२५८० मत प्राप्त गर्दै काँग्रेसका उम्मेद्वार रामहरि खतिवडालाई पछि धकेलेका हुन् । खतिवडाले २७३३७ मत ल्याएका थिए । यसअघिको ०७० संविधानसभाको निर्वाचनमा दुवै जना सांसद भइसकेका छन् ।

८.जीवनराम श्रेष्ठ : काठमाडौं क्षेत्र नं. ८ मा अपत्यारीलो तवरले श्रेष्ठले विजयी हासिल गरेका छन् । उनले १३३९७ काँग्रेसका पूर्व मन्त्रीसमेत रहेका नविन्द्रराज जोशीलाई पछि पार्दै जित हात पारे । जोशीले १२९९३ मत ल्याउन सफल भएका थिए ।

९.लालबाबु पण्डित : मोरङ क्षेत्र नं. ६ सिराहमा जन्मिएका पण्डितले मोरङलाई कर्मथलो बनाउँदै आएका थिए । उनले काँग्रेसका महामन्त्री शंशाक कोइरालालाई पराजित गरेका छन् उनले ३३९४१ मत प्राप्त गर्दा कोइरालाले ३३२६६ मत प्रदान गरेका थिए ।

१०.कृष्ण रार्इ : काठमाडौं क्षेत्र नं. ३ बाट राई विजयी भएका छन् । उनले १९१६९ मत प्राप्त गर्दा काँग्रेसका अम्बिका बस्नेतले १४८८४ मत ल्याउन सफल भएका थिए ।

११. भूमि त्रिपाठी ः धादिङ क्षेत्र नं. १ मा त्रिपाठीले काँग्रेसका विश्व अर्याललाई पाखा लगाउँदै जित हासिल गरेका छन् । उनले ४९१२१ मत प्राप्त गर्दा अर्यालले १९६८० मत प्रदान गरेका थिए ।

१२.भानुभक्त ढकाल : मोरङ क्षेत्र नं. ३ मा रोचक तवरले ढकालले जित हासिल गरेका छन् । तेह्रथुमबासी उनले काँग्रेसका डा. सुनिल कुमार शर्मालाई पराजित गरेका हुन् । ढकालले ४२४१३ मत प्राप्त गर्दा शर्माले ४०५०७ मत प्राप्त गरेका थिए ।

१३.डा. सूर्य पाठक ः बाग्लुङ क्षेत्र नं. १ मा पाठकले ३३६५७ मत ल्याउँदै विजयी भएका छन् । उनका निकटतम् प्रतिद्धन्द्धी काँग्रेसका चम्पादेवी खड्काले २०६१६ मत ल्याउन सफल भएकी थिइन् ।

१४.कृष्णलाल महर्जन : ललितपुर क्षेत्र नं.२ बाट २७७१३ मत प्राप्त गर्दै बिजयी हासिल गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६९४५ मत प्रदान गरेका थिए ।

१५ योगेश भट्टरार्इ : ताप्लेजुङ क्षेत्र नं. १ बाट २९४७९ मत प्रदान गर्दै भारी मतका साथ उनी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका केशव दाहालले १६८८८ मत प्राप्त गरेका थिए ।

१६.गणेश ठगुन्ना : दार्चुला क्षेत्र नं. १ बाट २८९९८ मतका साथ ठगुन्ना बिजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका विक्रम सिंहले २२२३३ मत प्राप्त गरे ।

१७. धनबहादुर बुढा : डोल्पा क्षेत्र नं. १ बाट बुढाले ११७६१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका अंगद बुढाले ३१६७ मत मात्रै ल्याउन सफल भएका थिए ।

१८.लालबहादुर थापा :  बाजुरा क्षेत्र नं. १ बाट २८०६५ मत ल्याउँदै बिजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका कविराज पण्डितले २३१८१ मत ल्याए ।

१९. गोपाल बम : मुगु क्षेत्र नं.बाट बमले १३०३४ मत ल्याउँदा काँग्रेसका हस्तबहादुर मल्लले ९८६१ मत प्राप्त गर्न सफल भए ।

२०.भुपेन्द्रबहादुर थापा : म्याग्दी क्षेत्र नं.१ बाट २३३०८ मतका साथ थापा काँग्रेसका खम्बीर गर्जुवासँग बिजयी भएका छन् । गर्जुवाले २०९८० मत पाएका थिए ।

२१. भैरवबहादुर सिंह :बझाङ क्षेत्र नं. १ मा सिंहले ३४६१२ मत प्रदान गदैैृ विजयी हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी पृथ्वीबहादुर सिंहले २६९१० मत पाए ।

२२. प्रेम प्रसाद तुलाचन : बाम गठबन्धनबाट मुस्ताङ क्षेत्र नं. १ बाट तुलाचनले ३५४४मत पाएर बिजयी हुँदा काँग्रेसका पूर्व मन्त्री रोमी गौचन थकाली ले ३१८१ मत ल्याउन सफल भए ।

२३.पाल्देन छोपाङ गुरूङ ः मनाङ क्षेत्र नं. १ बाट गुरुङले २३०० मत प्रदान गर्दै जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी काँग्रेसका टेकबहादुर गुरूङले २०२१ मत प्राप्त गरे ।

माओवादी केन्द्र
१. अग्नि सापकोटा : सिन्धुपाल्चोक क्षेत्र नं.१ बाट ४०५०४मत प्रदान गर्दै भारी मतका साथ सापकोटा बिजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले २९७९८० मत ल्याउन सफल भए ।
२.पम्फा भुसाल : निकै कडा प्रतिस्पर्धाका साथ ललितपुर क्षेत्र नं. ३ मा भुसालले काँग्रेसका मदन बहादुर अमात्यलाई पछि पार्दै जित हासिल गरिन । माओवादी केन्द्रकी प्रवक्ता समेत रहेकी उनले २४०३६ मत पाउँदा अमात्यले २२३२६ मत प्राप्त गरेका थिए ।
३. देवेन्द्र पौडेल :  नयाँ शक्ति हुँदै फेरि माउँ पार्टीमै फर्किएर बाग्लुङ क्षेत्र नं. २ का लागि उम्मेद्वारी बनेका उनले २८८२७ मत ल्याउदै काँग्रेसका प्रतिस्पर्धी निरज पुनलाई हराएका हुन् । पुनले १९९०५ मत प्राप्त गरेका थिए ।
४ जनार्दन शर्मा : पूर्व मन्त्री शर्माले पश्चिम रूकुम क्षेत्र नं.१ मा ३४४०२ मत प्रदान गर्दै भारी मतका साथ काँग्रेसका प्रतिस्पर्धी गोपालजी जंग शाह लाई पराजित गरेका हुन् । शाहले १५६५९ मात्र प्राप्त गरेका थिए ।
५. कमला रोका : बाम गठबन्धनबाट पहिलो विजयी सुरुवात गरेकी रोकाले रूकुम पूर्व क्षेत्र नं. १ मा आफ्नो जित सुनिश्चित गरेकी हुन् । उनले  १०४३४ मत प्राप्त गर्दा काँग्रेसका हरिशंकर घर्तीमगरले ४४०६ मत मात्र प्राप्त गरेका थिए ।

६.अमनलाल मोदी : मोरङको क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदीले विजयी हासिल गरेका छन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरेका हुन् । मोदीले ३३ हजार ५२९ मत ल्याएका छन् भने प्रतिस्पर्धी कांग्रेस नेता आचार्यले २६ हजार ८०० मत मात्रै पाए ।

काँग्रेस
१.राजनकुमार केसी : काठमाडौं क्षेत्र नं.१० बाट २४१९० ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्धन्द्धी बाम गठबन्धनबाट माओवादी केन्द्रका हितमान शाक्यले २१९०७ मत प्राप्त गरेका छन् ।

२.मोहन आचार्य : रसुवा क्षेत्र नं. १ बाट १४४५३ मत प्राप्त गरेर एमालेका जनार्दन ढकाललाई पराजीत गरेका छन् ।  ढकालले १०२७८ प्राप्त गरे ।

३.गगनकुमार थापा : काठमाडौं क्षेत्र नं. ४, २१५५८ मतका सथा बिजयी भएका छन् । बाम गठबन्धनबाट एमालेका उम्मेद्वारी भएका उनक निकटत् प्रतिद्धन्द्धी राजन भट्टरार्इले १८१४० मत प्राप्त गरेका थिए ।

४. प्रकाशमान सिंह : काठमाडौं क्षेत्र नं. १ बाट साझा विवेकशील साझा पार्टीका उम्मेद्वार रवीन्द्र मिश्रलाई पराजित गर्दै जित सुनिश्चित गरेका हुन् । सिंहले १०९३७ प्राप्त गर्दा मिश्रले १०२१८ मत ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *