डोल्पा प्रदेशसभा क्षेत्र नं (क) मा एमालेका बुढा विजयी
२०७४ जेठ १५ गते

“मङ्सिर २२,दुनै, डोल्पा । बिहीबार राति ९ः३० बजेबाट सुरु भएको प्रदेशसभा क्षेत्र नं १ (क) को मतगणना सम्पन्न भएको छ ।
वाम गठबन्धनबाट उम्मेदवार एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याएर पराजय भएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा जम्मा मतादाता आठ हजार २४३ मध्ये कुल खसेको छ हजार ७८६ मतमा छ हजार ७०३ मत सदर भएकोमा ८५ बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।रासस”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








