आजका दैनिक पत्रपत्रिकामा छापिएका सम्पादकीयहरु यस्ता छन्

काठमाडौं, मंसिर १७ । निर्वाचनमा पैसा प्रभाव : नागरिक 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा जे जसरी सिद्धान्तको राजनीति हराउँदै गएको र त्यको स्थानमा जातीयता, पैसा भोजभतेर हामी हुँदै भएको छ , त्यो चिन्ताको विषय हो ।

जव राजनीतिक दुषित हुन्छ, तव निर्वाचन परिणाममा जातीयता धु्रवीकरण, पैसा, मदिराजता तत्वले प्रभाव पार्ने गर्छन् ।
अहिलेको निर्वाचनका क्रममा योट टड्कारो देखिन थालेको छ ।

विशेष गरी प्रदेश २ का अधिकांश जिल्लामा जातीयताको नारा हाबी हुँदै गएको छ भने पैसा र मदिराको प्रयोग पनि निर्वाचन जित्न सहयोगी हुन थालेको छ ।

निर्वाचनका लागि उम्मेदवार राजनीतिक दलदेखि सरकारसम्मले जुन हिसाबले पैसा वितरण गरी निर्वाचन जित्ने विश्वास लिएका छन्, त्यसले आममतदाताकै अवमुल्यन भएको छ ।

र जो संग पैसा र शक्ति छ, त्यसैले निर्वाचन जित्ने किसिमको जे जस्तो किसिमको पद्धति स्थापित हुँदैछ, त्यो चिन्ताको विषय हो ।

र यस्तो प्रवृद्धि बढ्दै जानु भनेको लोकतान्त्रिक मुल्यमान्यताको पनि अवमुल्यन हुँदै जानु हो ।
यसप्रति सरोकारवाला सबै पक्षको ध्यान जान आवश्यक छ ।

गल्ती सच्याउ समन्वय बढाउ : नेपाल समाचारपत्र 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई विथोल्ने गरी मुलुकको विभिन्न क्षेत्रमा बम विस्फोटन र निर्वाचनविरोधी गतिविधि भईरहेका छन् ।

काठमाडौं उपत्यकाबाहिर हुँदै आएका यस्ता घटना पछिल्ल दिनमा उपत्यकामा समेत दोहोरिन थालेको छ ।

शुक्रबार लक्षित गर्दै बम विस्फोट भएको छ भने ललितपुरको यएन पार्क नजिकै पनि त्यस्तै घटना दोहोरिएको छ ।

यो समयमा विगतमा देखिएका सुरक्षा कमजोरी सच्याउँदै सुरक्षा निकायबीच गतिलो समन्वय आवश्यक छ । एकीकृत उच्च सुरक्षा सतर्कता बढाउन ढिलो गर्नु हुँदैन ।

विवेकी मतदाताः अन्नपुर्ण पोष्ट

मतदाताले प्रस्ट शब्दमा मतदानको आधार जातीय नबनाउने धारणा व्यक्त गर्नु प्रशंसनीय हो । राजविराजका स्थानीय जनता र बुद्धिजीवीले अन्नपूर्णकर्मीसँग मुलुकको आर्थिक विकास र समृद्धिमा योगदान गर्नसक्ने र त्यस्ता क्षमता भएका व्यक्तिलाई जिताउनुपर्ने सकारात्मक सोच राखेको पाइएको छ ।

यसलाई सबैले सकारात्मकरूपमा ग्रहण गर्नु उचित हुन्छ । पहिलो संविधानसभा निर्वाचनताका राजनीतिक मात्र नभई सामाजिक तहमै पनि उग्र जातीय नारा लगाइएका थिए । ७ भदौ २०७२ को टीकापुर काण्डपछि कतै मुलुक जातीय द्वन्द्वमा होमिने त होइन भन्ने आशंका उत्पन्न भएका थिए । नियन्त्रणबाहिर गएको जातीय, धार्मिक र साम्प्रदायिक द्वन्द्वले मुलुक र समाज आक्रान्त बनेका प्रशस्त उदाहरण छन् ।

रुवान्डा, श्रीलंका, अफगानिस्तानलगायत मुलुकका इतिहास र म्यानमारको हालसालैको घटनाले साम्प्रदायिक हिंसाले लिनसक्ने भयावह रूप देखाउँछन् । नेपालमा जातीय विद्वेष र नकारात्मक ध्रुवीकरण मत्थर छ । यो खुसीको कुरा हो ।

जनताले त्यो कुरा बुझेकाले अहिले जातीयताको नारा उछाल्न खोज्दैमा त्यो बिक्ने अवस्था छैन । विवेकी नेपाली जनताले यो मतदानमा त्यो कुरालाई पुष्टि गर्ने संकेत दिएका छन् । विभिन्न सम्प्रदायका नेपाली जहिले पनि मिलेर बस्न सक्ने र सहिष्णु देखिएका छन् ।

निर्वाचनको मुखमा जातीयताका आधारमा भन्दा पनि क्षमताका आधारमा उम्मेदवारलाई मतदान गर्ने मतदाताको धारणा यस अर्थमा स्वागतयोग्य छ ।

प्रचारमा सुधार : नयाँ पत्रिका 

नेपालमा विगत ७० बर्षदेखि बिभिन्न तह र प्रकारका निर्वाचनको अभ्यास हुँदै आएको छ ।

हरेक नयाँ निर्वाचनसंगै निर्वाचन प्रचारका सामग्रीको उत्पादन तथा त्यसको वितरण र व्यवस्थापन, प्रचारको तरिका र प्रविधिमा भिन्नता आएका छन् ।
हरेक पछिल्लो निर्वाचनमा केहि न केहि नयाँ प्रविधि उपलब्ध हुने गरेको छ ।

डिजिटल प्रविधिको प्रयोग, फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालको उपलब्धता, हातहातमा पुगेको मोबाईल सेवा, घरघरमा उपलब्ध टिभि , रेडियो तथा एफएम र पत्रपत्रिका अहिले निर्वाचन प्रचारका मुल्य साधान बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *