राष्ट्रपति भण्डारीद्वारा चिकित्सा शिक्षा विध्ययक प्रमाणीकरण

कार्तिक २४, काठमाडौँ । डा. गाेविन्द केसीकाे माग अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा विध्ययक प्रमाणीकरण गरेकी छिन् । कार्तिक ६ गते पारित अध्यादेश साेही दिन राष्ट्रपति कार्यालय पठाइए पनि राष्ट्रपति कार्यालयमा अड्किएको थियो । आज उक्त अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो ।

यस अघि डा गोविन्द केसी सहितको टोलीले चिकित्सा शिक्षा अध्यादेश पारित नभएको विषयमा राष्ट्रपति र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । मन्त्रिपरिषदबाट पारित विधेयक प्रमाणीकरण वा फिर्ता सम्बन्धनमा कुनै पनि जानकारी प्राप्त नभएपछि डा केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, डा तोषिमा कार्की, डा अभिशेकराज सिंह र कलाकार रविन्द्रसिंह बानियाँले राष्ट्रपति कार्यालयमा सूचनाको निवेदन दर्ता गराएका थिए ।

यस्तै, बिहीबार डा केसीको टोलीले बालुवाटार पुगी प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नभएको विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =