विद्युत् प्रधिकरणको लापरबाहीले बास्ताकोटिको मृत्यु भएपछि…
२०७४ जेठ १५ गते

“
कार्तिक २४, पोखरा । पोखरा रानीपौवामा केही महिना अगाडी करेन्ट लागेर उपचारको क्रममा घाइते भएका शिक्षक विष्णु बास्ताकोटीको गत शुक्रवार मृत्यु भएकाे थियाे ।
विद्युत् प्रधिकरणको लापरबाहीको कारण बास्ताकोटिको मृत्यु भएको बताउँदै समाजिक संञ्जाल फेसबुक समूह मेन्स रुम रिलोडेडले बिहीबार साँझ दीप प्रज्वलन गरेको छ । मेन्स रुम रिलोडेडका पोखरा प्रतिनिधि सुवास शर्माले विद्युत् प्रधिकरणको लापरबाहीको कारण यस्तो घटना हुन पुगेको बताए ।
उनले यस्ता घटना हुनबाट सजक रहन प्रधिकरणलाई आग्रह गरे । उनले प्रधिकरणको लापरबाहीले भएको घटनामा बास्ताकोटीले मृत्यु भएकाेमा दुख व्यक्त गरे ।
मानव अधिकार चोकबाट तार चुँडिएको ठाउँ सम्म र्याली गरेकाे समूहले करेन्ट लागेको ठाउँ नजिकै दीप प्रज्वलन गरेको मेन्स रुम रिलोडेडका मिराज ढकालले जानकारी दिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








