हत्या आरोपीलाई सदरमुकाम ल्याउन हेलिकोप्टर चार्टर
२०७४ जेठ १५ गते

“
कात्तिक २२ , गोरखा । गोरखा सदरमुकामबाट चार दिनको पैदल दुरीमा रहेको चुमनुब्री गाउँपालिका–६ का चारजना हत्या आरेपीलाई सदरमुकाम ल्याउन प्रहरीले हेलिकोप्टर चार्टर गरेको छ । हेलिकोप्टरको भाडा सरकारले नै बेहोर्नेछ ।
२६ वर्षीया कुन्साङ विकलाई धारिलो हतियार प्रहार गरी हत्या गर्न संलग्न रहेको आरोपमा प्रहरीले १८ वर्षीय तेन्जिङ् रिङ्जिङग लामा, २६ वर्षीय छेराङ रिङ्जिङग लामा, १९ वर्षीय सोनाम ग्याल्जिङ लामा, २२ वर्षीय सोनाम ग्याल्जिङ लामालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको हो ।
गत कात्तिक १८ गते बेलुकी बालबच्चासहित घरमा रहेकी कुन्साङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । मुख र टाउकोमा चोट लागेकी कुन्साङको घटनास्थलमै मृत्यु भएको थियो ।
मुख्य योजनाकार छेताक ग्याल्जिन लामा फरार छन् । प्रहरीले लामाको खोजी भइरहेको जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








