इरानको रवैयाका कारण युद्ध निम्तने साउदी अरबको चेतावनी
२०७४ जेठ १५ गते

“
काठमाडौं, कात्तिक २२ । साउदी अरबले यमनका बिद्रोहीलाई इरानले भड्काएको आरोप लगाएको छ । साउदी अरबका राजकुमार मोहमद बिन सलमानले इरानले यमनका हुथी बिद्रोहीलाई मिसाइल उपलब्ध गराई सैन्य कारबाहीका लागि उक्साएको आरोप लगाएका हुन् । उनले इरानमाथि कारबाही गर्नुपर्ने धारणा राखे ।
इरानको रवैयाका कारण युद्ध निम्तन सक्ने चेतावनीसमेत साउदीका राजकुमारले दिएका छन् । यद्यपी इरानले भने साउदीको आरोपलाई अस्वीकार गरेको छ ।
इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले साउदी अरबले अनाहकमा आफूहरुलाई कारबाही गर्ने धम्की दिएको भन्दै आपत्ति जनाए । हुथी बिद्रोहीले गत शनिबार साउदी अरबमा बुरकान एचटु मिसाइल प्रहार गरेका थिए ।
पछिल्लो समय यमनको मामिलालाई लिएर इरान र साउदीबीचको सम्बन्धमा दरार आएको छ ।(एजेन्सी)
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








