जापानमा विद्यार्थीलाई चुनौती र अवसर दुवै छ

भाषा अध्ययन नै नगरे त जहाँ गएपनि बाँच्न कठिनै छ । हामी नेपालीहरूले पनि आ–आफ्नै जाति, धर्म, समुदाय अनुसारको भाषा बोलिन्छ । हामीलार्इ विदेशी भाषा होइन स्वदेशकै भाषा बोल्न पनि कठिन पर्छ । त्यसैले भाषा सिक्नु भनेको त्यहाँको वातावरण, समाज, धर्म, संस्कृति रहनसहनसँग घुलमिल हुनु पनि हो । नेपोलियन बोनापार्टले त भनेकै छन् नि, ‘असम्भव भन्ने मुर्खहरुको शव्दकोषमा मात्र रहन्छ ।’ सिक्न र गर्न चाहे जे पनि सम्भव छ । त्यसैले भाषा नसिकी सिकाउन अझ उच्च शिक्षा हासिल गर्न विदेश जान चाहने विद्यार्थीका लागि भाषा सिक्नु अपरिहार्य नै छ । जापान गएर उच्च शिक्षा हासिल गरेर अाफ्नाे करियर बनाउन चाहने विद्यार्थीहरूका लागि त जापनिज भाषा अध्ययन नगरी हुन्न ।

विगत लामाे समयदेखि जापान जाने विद्यार्थीहरूलार्इ शैक्षिक परामर्श दिँदै अाएकाे सुभाङ्गी एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध–निर्देशक किशाेर तिवारीले उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीलार्इ परामर्श दिन थालेकाे एक दशक भएछ । उनै तिवारीसँग यस पटक हामीले उच्च शिक्षाका लागि जापान किन जाने विषयमा तिवारीसँग अन्तरक्रिया गरेका छाैं ।

 उच्च शिक्षासँगै अवसरै अवसर

नेपाली विद्यार्थी जाे उच्च शिक्षाका लागि विदेश जान चाहन्छन् । पछिल्लो समय अस्ट्रेलिया, क्यानडा भन्दा पनि जापान अध्ययन गर्न जान चाहने विद्यार्थीहरूको रुचि बढेको छ । सुभाङ्गी कन्सल्टेन्सीले पनि जापानका लागिमात्र काम गर्ने निर्णय लियाे । हाल पूर्ण रूपमा सुभाङ्गीले अध्ययनका लागि विद्यार्थीलाई जापान पठाइरहेको छ ।

जापान अध्ययन गर्न चाहने विद्यार्थीका लागि चुनौती सँगै अवसर पनि प्रशस्त छ । अस्ट्रेलिया, क्यानडा जसरी जापान जान त्यति सजिलो छैन । जापान जानकै लागि जापनिज भााषामा पाेख्त हुनुपर्दछ । जापानमा अङग्रेजी भाषा पनि नबोलिने होइन तर, अधिकांश स्कुल कलेज, कार्यालय सबैतिर अाफ्नाे मातृभाषालाई प्राथमिकतामा राखिएकाे हुन्छ । तपार्इलार्इ अङ्ग्रेजी राम्राे आउँछ तर, जापनिज भाषा आउँदैन भने, जापानमा धेरै समस्या अाइपर्दछ । त्यस कारणले पनि हामीहरू जापान जान चाहने विद्यार्थीलार्इ पहिला जापनिज भाषा सिक्नका लागि आग्रह गर्दछाैं ।

जापानमा उच्च शिक्षासँगै रोजगारी र अध्ययनको प्रशस्तै अवसर छ । सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञानकै कारण जापान विद्यार्थीहरूको गन्तव्य बनेको हाे । त्यसैले जापान जानुपूर्व नेपालमै राम्ररी भाषा सिक्न आवश्यक छ ।

‘लर्निङ फेज इज इम्पोर्टेन्ट’

खास भन्ने हो भने भाषा पढेर हैन परेर नै सिकिने हो । जुनसुकै भाषा बोल्न कठिन छैन । तर, त्यहीँ मूलका व्यक्तिसँग हिमचिम बढाउन र त्यहाँको वातावरणसँग घुलमिल हुनका लागि भाषामा पाेख्त हुन जरुरी छ । यसकारण लेख्ने र बोल्ने भाषा फरक हुन्छ । जापान अध्ययन गर्न चाहने विद्यार्थीहरूको हकमा पनि यहीँ लागू हुने हो । जहाँपनि ठाउँ अनुसारको फरक फरक भाषा बोलिन्छन् । तर, ‘लर्निङ फेज’ मा सामान्य बोलचाल गर्नु नै महान् कुरा हो । त्यसपछिका बाँकी यात्राहरू विस्तारैैँ तय हुन्छन् । विद्यार्थीले भाषा सिक्ने जोस र जाँगर भने मार्न हुँदैन । हामीले पनि विद्यार्थीहरूलाई जापनिज भाषा ‘ए टु जेट’ पढाउने होइन । हामीले उनीहरूलाई भाषा सिक्नका लागि सरल र सहज बाटो मात्रै देखाउने हो । हामी विद्यार्थीलाई अध्ययन शिक्षण शैली, विद्यार्थीका क्षमता, प्रमाणपत्रहरुको तन्दुरुस्त विवरण र उचित कलेजको छनौट गर्ने गर्छौँ । यी सबैको तालमेल मिलाएर नै यहाँबाट जापानकाे भाषा सिक्ने कलेजमा अध्ययनका लागि विद्यार्थी पठाउछौँ ।

जापानमा रहेका कलेज, विश्व विद्यालयसँग हाम्राे ‘फेस टु फेस’ अन्तरक्रिया हुने भएकोले विद्यार्थीको झूठो विवरण बनाएर पठाउने स्थिति छैन । विद्यार्थीहरूलाई केही समस्या पर्‍यो भने पनि सुभाङ्गीले सिधै त्यहाँको कलेजको सिइओसँग कुरा गर्न सक्छन् ।

जापान गएका विद्यार्थीमा कुनै समस्या छैन

जापानमा राम्रो राेजगार र उच्चस्तरीय अध्ययन गर्न पाउनुको पछाडि त्यहाँको जनसङ्ख्या कम हुनु पनि हो । त्यस कारण पनि जापानमा विदेशी विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारको पनि राम्राे अवसर छ । जापान जान चाहने विद्यार्थीहरू पछिल्लो समय अध्ययनभन्दा पनि रोजगारीमा जाने साेच लिएर मात्र आउँछन्। यदि हामीले पहिले उच्च शिक्षा हासिल गर्ने, त्यसपछिमात्र पैसा कमाउने साेच राख्नु पर्दछ । हुन त विद्यार्थीले हाम्राे देशको अर्थतन्त्र फितलो देखेर पनि यस्ताे साेच बनाएका हुन् । स्वदेशमा राम्रा अवसर र शिक्षा नपाएर पनि विद्यार्थीहरू उच्च शिक्षा र राेजगारीका लागि विदेशिन बाध्य भएका हुन् ।

जापान जाने विद्यार्थीले पैसा भन्दा पनि शिक्षालार्इ ध्यान दिन जरुरी छ । म ग्यारेण्टीका साथ भन्न सक्छु हामीबाट अहिलेसम्म जापान गएका विद्यार्थीले समस्या झेल्नु परेको छैन । मैले अघि पनि भनिसके कि हामी विद्यार्थीलार्इ जापानकाे कलेजका प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी, छलफल गराउँछाैं । जापान अध्ययनका लागि जाने विद्यार्थीहरूलाई यदि भोलि कुनै समस्या आइपर्यो भने त्यसको पूर्ण जिम्मेवारी लिन हामी तयार छाैं ।

व्यवहारिक ज्ञान

जापान उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरुकाे करियर बन्ने मात्र हैन, उनीहरूले त्यहाँ हासिल गरेकाे सिपले हाम्राे देशकाे विकासमा समेत ठूलाे सहयाेग पुग्छ । जापान प्रविधीकाे देश भएकाेले नेपाली विद्यार्थीले त्यहाँबाट धेरै व्यवहारिक ज्ञान हासिल गर्न सक्छन् । त्याे ज्ञान नेपालमा प्रयाेग गर्न सके नेपालकाे विकासका लागि अत्यन्त उपयाेगी हुन्छ । जापानमा भू–गर्भशास्त्र (जियो–साइन्स), इन्फरमेसन टेक्नाेलाेजी, कम्प्युटर इन्जिनियरिङ, हाेटल मेनेजमेण्ट, अटो मोबाइल्स, इलेक्ट्रोनिक्स लगायतका विषयमा अध्ययन जस्ता टेक्निकल विषय अध्ययन गर्दा उपयाेगी हुन्छ ।

जापान अध्ययन गर्न जाने विद्यार्थीले सुरुमा भाषा नै अध्ययन गर्नु पर्दछ । जापनिज भाषामा पाेख्त भएपछि विश्वविद्यालय ज्वाइन गर्ने हाे । जापानमा अध्ययनका लागि सरकारी तथा निजी कलेजहरुको शिक्षण सिकाई अत्यन्तै प्रभावकारी छन् । सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि दिइन्छ । जापानमा अध्ययन गर्ने विद्यार्थीहरूले थप व्यवहारिक ज्ञान प्राप्त गर्न सक्छन् । व्यवहारिक र सिपयुक्त शिक्षाले विद्यार्थीलार्इ राम्राे अवसर छ ।

शैक्षिक याेग्यता

उच्च तह अध्ययन हासिल गरेसँगै विदेशिने विद्यार्थीहरूको सङ्ख्या असंख्य छ । स्नातक अध्ययन पूरा नगरी त्यसतर्फ बाटो मोड्दा धेरै विद्यार्थीले समस्या खेप्नु परेको छ । जापानका विश्व विद्यालयमा उच्च तह पूरा गरेपश्चात् सिँधै एकेडेमिक डिग्री हासिल गर्न सकिने भए पनि यो प्रक्रिया झण्झटिलो छ । तर, स्नातक अध्ययन गरेर एकेडेमिक डिग्री हासिल गर्न जान चाहनेहरुका लागि एकदमै सजिलो छ । उच्च तह अध्ययन पूरा गरेपश्चात अङ्ग्रेजी माध्यममा स्नातक तह अध्ययन गर्न आइएलटीएस (५.५ नम्बर) प्राप्त गरे पनि हुन्छ तर जापनिज माध्यममै अध्ययन गर्ने हकमा भने यो लागू हुँदैन । जापनिज माध्यममा अध्ययन गर्नका लागि भाषा कक्षा पास गर्नु पर्दछ । एसएलसी, प्लस टु पास गरेका र जापनिज भाषा पास गरेकाले जापान जान सक्छन् ।

चुनौतीकाे पर्खालः विद्यार्थीहरू फर्किएनन्

जापानकाे विश्व विद्यालयले विश्वास गर्ने कन्सल्टेन्सीलाई हो । हामीले नै विद्यार्थीहरूको प्रमाणपत्रहरु चेकजाँच गरेर दुरुस्त र व्यवस्थित गरेर भिजा प्रोसेसिङ गर्ने गर्दछाैं । त्यसैले विद्यार्थीले बुझ्नुपर्ने कुरा, आफूले अध्ययन गर्न चाहेको कन्सल्टेन्सी र त्यहाँको कलेज हो । भोलि यी सबै कुराहरू थाहा नै नपाई त्यहाँ अध्ययन गर्न पुगेका विद्यार्थीहरू समस्यामा पर्ने गरेका छन् । अर्कातिर यहाँका कन्सल्टेन्सीहरु दर्ता नै नभई सञ्चालनमा आएका कुराहरू बारम्बार आइरहेका छन् । यस विषयमा सरकारले अनुसन्धान गर्नुपर्ने दायित्व हुन्छ । यी त भए कन्सल्टेन्सीलाई व्यवस्थित पार्ने कानुनी प्रक्रियाहरू । विदेश अध्ययन गर्न गएका धेरै विद्यार्थीहरू स्थायी रूपमा उतै सेटल हुने गरेका छन् । यसरी सेटल हुनुभन्दा पनि जापानमा उच्च शिक्षा हासिल गरेर, सिप सिकेर स्वदेश फर्कनु राम्राे हुन्छ । अाफ्नाे देश बनाउनु हाम्रो पनि उत्तिकै दायित्व छ । नेपाली विद्यार्थी स्वदेश फर्कन नचाहनुमा हाम्राे देशकाे सिस्टम मुख्य जिम्मेवार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *