लेखनाथ उद्योग वाणिज्य सङ्घमा चुनावी सगर्मी बढ्यो

एन एच पौडेल, पोखरा । लेखनाथ क्षेत्रका उद्योगी तथा ब्यवसायीहरुको छाता सङ्गठन लेखनाथ उद्योग वाणिज्य सङ्घको असोज २८ गते हुन गइरहेको ११ औ महाधिवेशनको चुनावी सगर्मी बढेको छ । आगामी कार्यकालको नेतृत्व लिनको लागि अध्यक्ष लगायतका विभिन्न पदहरुमा भिड्ने आँकांक्षीहरुबीच घर दैलो कार्यक्रम सहित चुनावी जोडघटाउ सुरु भएको छ ।

सङ्घको आगामी कार्यकालको नेतृत्वकोलागि अध्यक्षका प्रत्यासी कृष्णहरि भण्डारी र वसन्त मोहन भट्टराईले उम्मेदवारी दिएका छन् । चुनावी मैदानमा उत्रिएका दुई प्रत्यासीले आ–आफ्नो प्यानल सहित चुनावी प्रचार प्रसारमा जुटेका छन् । चुनावको मिति नजिकिदै गर्दा दुवै प्यानलका तर्फबाट व्यवसायी भेटघाट र घर दैलो कार्यक्रमलाई तीव्र पारेका छन् । उनीहरूले आफ्ना चुनावी एजेण्डा र भावी योजनाका बारेमा घरदैलोका क्रममा मतदातालाई आस्वस्त पार्ने प्रयास गरेका छन् ।

बिहानदेखि बेलुकासम्म उम्मेदवारले गर्ने चुनावी प्रचार प्रसारका क्रममा उम्मेदवारले कसरी मतदातालाई आफूप्रति आकर्षित गर्न सकिन्छ भन्ने रणनीतिमा केन्दीत भएर चुनवी प्रचार प्रसारलाई तीव्रता दिएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घको सातौँ महाधिवेशनमा अध्यक्षको प्रत्यासीकारुपमा चुनावी मैदानमा उत्रिएका कृष्णहरि भण्डारीले सङ्घको स्थापना कालदेखिनै आफू विभिन्न पदमा रहेर कार्य गर्दै आएको दाबी गर्दै ब्यवसायीहरुले आफूलाई निर्वाचित गराउनेमा निश्चिन्त रहेको बताए ।

‘मैले स्थापनादेखि सङ्घमा रहेर निरन्तर गरेको कार्य, सामाजिक क्षेत्रमा गरेको योगदान र अनुभवलाई मतदाताले उच्च मुल्याङकन गर्नेमा विश्वस्त छु’उनले भने । ‘मैले विभिन्न क्षेत्रमा हासिल गरेको अनुभवलाई यस क्षेत्रमा लगाउने छु ।’ भण्डारीले आफू सङ्घको स्थापना देखिनै सदस्य, सहसचिव द्धितिय उपाध्यक्ष र प्रथम उपाध्याक्षको महत्त्वपूर्ण जिम्मेवारी पुरा गरेकाे दाबी गर्दै सङ्घका धेरै पदाधिकारीहरुको समर्थन आफूलाई रहेको दाबी समेत गरे ।

त्यसै गरी अर्का प्रत्यासी वसन्त मोहन भट्टराईले आफ्नो लामो ब्यवसायिक अनुभव र सरकारी क्षेत्रमा हासिल गरेका कामको अनुभवलाई सङ्घ र ब्यवसायीहरुको हितमा प्रयोग गर्ने बताउँछन् । उनले सङ्घ र समग्र लेखनाथको विकासलाई कसरी अगाडी बढाउने र यहाँ रहेका सामाजिक सङ्घ संस्था, उद्योग, व्यापारी तथा राजनीतिक पार्टीहरूलाई एकै थलोमा राखेर लेखनाथलाई उन्नति तर्फ लैजाने गरी अगाडि बढ्ने बताए ।

‘तिब्रगतिमा ब्यापारीकरण भइरहेको सहरलाई औधोगीकरण तर्फ अग्रसर गराउनु, साना तथा ठुला व्यवसायीलाई एउटै थलोमा राखेर आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय लगानी भित्राएर स्थानीय स्तरमा रोजगारी सृजना गर्ने तर्फ मेरो मुख्य भूमिका रहनेछ’उनले भने । ‘मेरो एजेण्डा, आबद्ध टिम, बौद्धिक वर्ग, युवा व्यवसायी र ठुला घरानीया उद्योगी ब्यवसायिहरुको साथबाटै सम्पन्न हुने कुरामा शङ्का छैन ।’

सात तालको बगौचा सहरका रुपमा रहेको लेखनाथमा व्यवस्थित स्थायी प्रदशनी केन्द्र निर्माण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको भट्टराईले बताए । काँग्रेस निकट मानिने दुवै उम्मेदवारहरुले सङ्घमा आबद्ध व्यवसायी, पूर्व अध्यक्ष र ठुला घरानीयहरुको आफूलाई समर्थन रहेको दाबी गर्दे आएका छन् । लामो समयपछि सङ्घमा कायम रहेको विधानलाई ब्यवसायिहरुले संशोधन गरेपछि उम्मेदवार र मतदाताहरुमा उस्साह थपेको ब्यवसायिहरुले बताएका छन् ।

सङ्घमा कायम रहेको अध्यक्षात्मक प्राणालीले गर्दा विगतमा कार्यसमितिका पदाधिकारी अध्यक्षबाट मनोनीत हुने गरेका थिए । विगतमा सङ्घमा अध्यक्षले सिधैं कार्यसमितिमा मनोनयन गर्ने व्यवस्थाले अध्यक्ष निकट ब्याक्तीहरुमात्र मनोनयन हुने गरेको भन्दै विवाद चुलीदै आएको थियो । तर, अब विधान संशोधन भएपछि भने सम्पूर्ण पदाधिकारीहरू प्रजातात्त्रीक प्रक्रियाबाट निर्वाचित हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =