नयाँ शक्ति नेपालको प्रदेश १ बाट नाम सिफारिस

भरतराज शर्मा, धरान । नयाँ शक्ति पार्टी नेपालले प्रदेश नम्बर १ मा प्रदेश र प्रतिनिधि सभाको लागि उम्मेदवारी घोषणा गरेको छ । धरानको एतिहासिक स्थल बुढासुब्बा मन्दिरमा सोमबार पत्रकार सम्मेलन गर्दै १४ जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाको लागि उम्मेदवारी घोषणा गरेको हो । समानुपातिक, प्रदेश र प्रतिनिधि सभाको लागि १४ जिल्लाबाट नामहरू केन्द्रीय कमिटीलाई सिफारिस गरिएको प्रदेश नम्बर १ संयोजक राजेन्द्रकुमार किरातीले बताए ।


उनले एमाले, माओवादी र नयाँ शक्तिबीचको बाम एकतालाई स्वागत गर्दै यो वाम एकता नयाँ शिराबाट अघि बढ्नु पर्ने बताए । बाम एकतापछि नयाँ चुनाव चिन्ह, नयाँ पार्टी, नयाँ विधान बन्नु पर्ने उनले बताए । ‘नयाँ शिराबाट नयाँ नीति बनाएर जानुपर्छ ।’ उनले भने, ’नत्र पार्टी स्वार्थको गठबन्धन मात्रै हुन्छ ।’

प्रदेश नम्बर १ ले वाम एकता पछि पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ राख्नु पर्ने पार्टी केन्द्रीय समितिलाई सिफारिस गरेको छ । त्यस्तै, चुनाव चिन्ह पनि नयाँ राख्नु पर्ने सुझाव दिएको छ । चुनावी तालमेलको हकमा पार्टीको १५ सयदेखि ३ हजार मतदाता रहेको क्षेत्रमा आफ्नो उम्मेदवारी दाबी गर्ने संयोजक किरातीले बताए । सबै पार्टीहरूले आ– आफ्नो क्षेत्रबाट नाम सिफारिस गर्ने क्रममा नयाँ शक्ति नेपालले पनि नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *