सिरियामा रुसी सेनाको कारबाहीमा २४ बिद्रोही मारिए

एएफपी । उत्तरपश्चिमी सिरियाली एक सहरमा रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी शनिवार कम्तीमा पनि २४ जना विद्रोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै जना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले पुष्टि गरेका समाचारमा जनाइएको छ । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

उक्त अधिकारवादी संस्थाका अनुगमनकर्ताले आइतबार बिहान सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ । शनिवार सो हवाई कारबाही अकस्मात भएको थियो । उक्त हवाई हमला किनभयो भन्ने बारेमा अहिलेसम्म रुस वा सिरियाली सरकारले नै कुनै जानकारी दिएका छैनन् ।

रुसी सेनाले फायलाक अल साम आबद्ध विद्रोहीहरूलाई लक्ष्यगरेर सो कारबाही गरेका थिए । घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ । सिरियामा जारी गृहयुद्धका कारण गएको कम्तीमा पनि पाँच वर्षदेखि हिंसा भइरहेको छ । यहाँ तीन लाखभन्दा बढी नागरिकले हिंसामा परी ज्यान गुमाएका छन् ।

पछिल्लो समयमा यहाँ आतंककारी समूहहरुको पनि घुसपैठा सुरु भएको छ । जसका कारण सिरियामा हिंसाका नयाँ नयाँ रूप भित्रिएका बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *