टाउको दुख्छ ? यौन सम्पर्क गर्नुस् तुरुन्तै ठिक हुन्छ

वैज्ञानिकहरूले यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरूले सेक्सलाई टाउको दुखाईको अचुक औषधि भनेका छन् ।

आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरीर र मनको थकान मेटाउछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ । र यसलाई सेक्सको जादु भनिन्छ । यति मात्रै होइन यसले टाउकोको दुखाई क्षणभरमै ठिक पारिदिन्छ । अनुसन्धानमा संलग्न न्यूरोलजिस्ट्सका अनुसार सेक्स गर्दा टाउको दुखाई कम हुन्छ र कैयौपटक त पुरै ठिक हुन्छ ।

केही समय पहिले जर्मनीको यूनिवर्सिटी अफ मुनेस्टरमा न्यूरोलजिस्ट्सको एक टिमले सोधपछि भनेको थियो टाउको दुखाई हुँदा सेक्स गर्नु औषधि खानुभन्दा कैयौ बढी असरदार छ । सोधमा आधा सहभागीहरुले सेक्स गर्दा टाउको दुखाईमा राहत महसुस गरेको बताए । हरेक पाँच जनामध्ये एक बिरामीले टाउको दुखाई सेक्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताए । यो हाम्रो शरीरको प्राकृतिक पेनकिलर हो ।

सेक्स गर्दा शरीरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ र यहाँसम्मकी पूर्ण रूपमा ठिक पनि हुन्छ । वैज्ञानिकहरूले सेक्स गर्दा टाउको दुखाईबाट राहत मिल्ने र साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *