राज्यसत्ताको मेहरबानी चरित्रको महाआख्यान र माङ्गेना भित्रको नेपाल मन्थन

मान्छे प्रश्नहरूकै उत्पादन हो र प्रश्नकै कठीन बाटो हिँडेर उसले सभ्यता बनायो । –युग पाठक

१. श्रष्टा परिचयको गुन्जन
जनताको आँखाले राज्य सत्ताको चरित्र नियाल्ने विरलै हस्तीहरू मध्ये एकजना लभ्य श्रष्टा हुन्, युग पाठक । उनको पछिल्लो कृति माङ्गेना नेपाल मन्थन नेपाली समाज अध्यताहरूका आँखामा भर्खरै आइपुगेको छ । विवाह गरेकै दिन मनको आँखाले दुलहा–दुलहीले लुकिलुकि एकअर्काको रहस्य खोतलेझैँ पाठक वर्गले माङ्गेनालाई मरमरती खोतल्ने क्रम अहिले चलिरहेको छ । यसै सिलसिलामा जनताको आँखामा उकुच पल्टेर बसेको समृद्धिको सपना माङ्गेनाले हदैसम्म चिरफार गरेको छ भन्ने गाइँगुइँ सुनिने क्रम पनि बाक्लिँदै गएको छ । सत्ताको नदीले हत्याको रगतझैँ बगाएको राष्ट्रियताको पहिचान उद्बोधन गर्ने क्रममा सर्जक पाठकले यसअघि नै समाजपरक उपन्यास उर्गेनको घोडा मार्फत् बौद्धिक जेहाद छेडिसकेका छन् । जनकित्तामा उभिएर युमा (नाटक), उर्गेनको घोडा (उपन्यास) र राष्ट्रिय दैनिकका दर्जनौ स्तम्भ लगायत प्रिन्टेड र विद्युतिय विविध माध्यमका पत्रिपत्रिकाहरूमा सयौँ अनुसन्धानमूलक लेख–रचनाहरू मार्फत् पोखिएका पाठकले बैकल्पिक बौद्धिक आन्दोलनका एक सशत्त अभियन्ताका रूपमा आफ्नो छुट्टै परिचय स्थापित गरिसकेका छन् । पाठक, ‘अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघ’का उपमहासचिव रहेर अन्तर्राष्ट्रिय श्रष्टामञ्चमा पनि क्रियाशील छन् । अनुसन्धानात्मक लेखन मार्फत् जनपैरवी आकांक्षालाई उर्जा दिनु, राज्यसत्ताको मेहरबानी चरित्रको कुरुप आदर्शका विरुद्धमा चोरऔंलो उठाउनु र नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन, इतिहास र सिर्जनाको सौन्दर्यशास्त्रीय युगप्रवाहको निरन्तर वकालत गर्नु श्रष्टा युग पाठकको दैनिकी हो । यसका साथै राजनैतिक विश्लेषणको बहुत्व पनि पाठकको अर्को सिर्जनात्मक आयाम हो । सिर्जनाका यिनै अचुक वैविध्यले नै लेखक युग पाठकलाई आजको श्रष्टा युगका शिर्ष सारथीका रूपमा सतिसालझैँ अडिकतामा उभ्याएको छ ।

२. माङ्गेनाको अभिज्ञान र नेपाल मन्थन
माङ्गेना कृतिको नेपाल मन्थनका बारेमा विवेचना गर्नु अघि ‘माङ्गेना’ को शाब्दिक र तात्विक अर्थ केलाउनु उपयुक्त हुन्छ । ‘माङ्गेना’ लिम्बु भाषाको शब्द हो । यसको अर्थ ‘शिर उठाउनु’ हो । यो शब्दको दार्शनिक अर्थ मान्छेको शिर झुक्नु हुँदैन भन्ने हुन्छ । “वृहत्तर समाजको दृष्टिबाट मानवीय गरिमा र आत्मसम्मान कायम गरेर शिर उच्च पारिराख्ने कामना नै माङ्गेना हो” (१३) । लिम्बुवान सभ्यतामा पाइने विभिन्न मानवीय पक्ष मध्ये यो एक अविच्छिन्न सांस्कृतिक परम्परा हो । लिम्बु जातिमा कुनै कारणले शिर झुक्यो भने त्यसको माङ्गेना गरिन्छ । यसलाई अर्को अर्थमा इमानको भरताल वा क्षतिपूर्तिका रूपमा पनि बुझ्न सकिन्छ । नेपालको खासगरी पूर्वी पहाडका लिम्बु समुदायमा हरेक व्यक्तिको संस्कारजनिन माङ्गेना गर्ने प्रचलन अहिले पनि विद्यमान छ । माङ्गेनामा उल्लेखित मुन्धुमको सृष्टिवर्णनको कथा अनुसार सृष्टिकर्ता पोरोक्मिबा यम्भामिवाले मान्छेको सृष्टि गर्न चाहे र सबभन्दा पहिले सुन–चाँदीको मान्छे बनाए तर ऊ बोल्दै बोलेन अनि दिक्दारिँदै मिल्काएर नष्ट गरे । त्यसपछि माटोको मान्छे बनाए त्यो पनि भौतिक र मानसिक रूपमा सबल मान्छे बनेन अनि त्यसलाई पनि हुइँक्याएर सखाप पारिदिए र अन्त्यमा पन्छीको बिष्टालाई शीत र वर्षाको पानीमा मुछेर मान्छे बनाए र प्राण फूकिदिए, ऊ बोल्यो । त्यो मरणशिल र क्षणभंगुर मासुको लुन्जपुन्जजस्तो मान्छे देखेर पोरोक्मिबा खुब रिसाए र म”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *