दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
कञ्चनपुर, असोज १६ । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।
साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो ।
राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले रानाले बताए । “घरको कमाउने एक्लो व्यक्तिको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ”, उनले भने।
वीरबहादुरसँगै काम गर्दै आएका नेपालीले उनको घरमा दुर्घटनामा परी मृत्यु भएको जानकारी दिएको अध्यक्ष रानाले बताए ।
मृतकको कमाईमा आमा, बुबा, श्रीमती, नाबालक छोरा र दुईजना छोरी आश्रित रहेका थिए । “मृतको शव स्वदेश ल्याउनका लागि पहल गरिरहेका छौँ”, अध्यक्ष रानाले भने ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित