आयस्रोतको माध्यम रातोमाटो

म्याग्दी, असोज १५ । म्याग्दीको बेनी नगरपालिका–१ ढाँडथरमा बसोबास गर्दै आएका विपन्न घर परिवारले रातोमाटोलाई आयस्रोतको मुख्य आधार बनाएका छन् । आफ्नै घरनजिकको पाखामा खेर गइरहेको रातोमाटोलाई उनीहरूले आम्दानीको स्रोत बनाएका हुन् । रातोमाटोलाई पाथी र मानाको हिसाबमा बिक्री गर्दै आएका रत्नेचौरकी मिना विकले पाथीको ८० देखि रु।एक सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउनुभयो ।

त्यस्तै घर खर्च टार्न र बालबालिकालाई पढाइ खर्च जुटाउनका लागि पनि सहज भएको रातोमाटो बिक्री गर्दै आएका ढाँडथर निवासी कृष्णवहादुर विक बताउछन् । ‘दिनभरि रातोमाटोको खाल्डोमा बसेर रातोमाटो निकाल्छौँ र स्थानीय बजारमा ल्याएर बिक्री गर्छौं, आम्दानी पनि राम्रै छ’, रातोमाटो बिक्री गर्ने क्रममा म्याग्दी सदरमुकाम आइपुगेकी हुँ मिना रामदाम भन्नुहुन्छ ।

रातो माटो निकाल्ने ठाउँमा नै आउने ग्राहकलाई २० रुपैयाामा र बाहिर लगेर बिक्री गर्दा प्रतिपाथी  ८० देखि एक सय रुपैयाँमा बिक्री हुने रामदामको भनाई छ । विगत सात वर्षदेखि माटो बिक्री गर्दै आएकी तिलमाया विकले माटो बिक्री गरेर नै महिनामा रु।चार हजारदेखि रु। पाँचहजारसम्म आम्दानी गर्ने गरेको र यसबाट नै आफ्ना छोराछोरीको पढाइ खर्च र घर व्यवहार टार्ने गरेको बताउनुभयो ।

रातोमाटोको लागि प्रसिद्ध मानिने यो स्थानका करिब २० घर परिवारले हाल आएर यो पेसालाई प्राथमिकता दिँदै आएका छन् । दैनिक माटो बिक्री गरेका कारण ढाडथरमा जताततै माटोका खाल्डा पाइने गरेको छ । यसरी नै माटो बिक्री गरिरहने हो भने सो स्थानका बासिन्दाको जीविकोपार्जन त हुन्छ तर केही वर्षमा यो स्थानमा रातोमाटो नै नपाइने संभावना बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *