धर्म अनि हिंसा

देवी प्रपन्नातिहरे प्रसीद प्रसीद मातर्जगतोऽखिलस्य ।
प्रसीद विश्वेश्वरी पाहि विश्वंत्वमीश्वरी देवी चराऽचरस्य।।

मार्कण्डेय पुराणमा भनिएको श्लोक हो यो , जहाँ भनिएको छ । हे देवी शरण पर्नेको पीडा निवारण गर्ने देवी ! हामीहरुमाथि प्रशन्न हुनुहोस ! हे विश्वेश्वरी ! विश्वलाई उद्धार गर्नुहोस् । देवी ! तिमीनै सम्पूर्ण विश्व चराचरकी जननी हौ । भनेर दशैको नवरात्र भरि पाठ स्तुति गरी अन्तिम दिन पशु बलि गर्नु मानवीय कार्य नभई दानवीय कर्म हो । मानव मात्रकी आमा होइनन् यी भगवती यी सम्पूर्ण चराचरकी आमा हुन । आमाको अगाडी सन्तान रेटिनु हुँदैन । मन्दिरमा मान्छे किन जान्छ ?किन पूजा गरिन्छ ? शान्ति प्राप्त गर्नको लागि ,यसरी शान्ति प्राप्त गर्ने स्थलमा मारकाट् हिशंक क्रियाकलाप गर्नु कतिको उपयुत्त हुन्छ । एउटा कोमल भावनाले धर्मको नाममा भएको हिंसालाई स्वीकार्न मुस्किलै पर्छ ।

धर्म र हिंसा एकअर्काका परस्पर विरोधी कुरा हो । विश्वका जुन सुकै धर्म सम्प्रदायले अहिंसा परमोधर्मको सिद्धान्त अपनाएका छन् । बाल विवाह गराउने परम्परा , सती जाने परम्परा पनि पहिले हाम्रो धर्म शास्त्रमा थियो । हालमा आएर यो परम्परा तोडिएको छ । कतै पनि सुन्न पाईदैन सती गएको कुरा ,यसरी नै हटाईनु पर्छ मन्दिरमा बलिको नाममा हिंसा गर्ने परम्परा । किनभने देवीदेवता हिंशक होइनन् हाम्रा सम्पूर्ण चराचरका संरक्षक हुन । ब्यत्तिगत रूपमा मांश भोजन लाई यहाँ विषय उठाउन खोजिएको होइन ।धर्मको नाममा गरिएको हिंसा रुढीवादी परम्परा हो । एक्काईसौ शताब्दि सम्म यस्तो रुढीवादी परम्परा रहनु मूर्ख पंणित्याई हो ।

पशुवली तन्त्रशास्त्रसँग जोडिएको पक्ष हो । विशेष गरेर हाम्रो नेपाली समाजमा पशु बलिको प्रथा प्रचुर रूपमा पाइन्छ । यही तन्त्रको बिडो थाम्ने प्रयास अनुरूप यो परम्परा अद्यपि चल्दै आइरहेको छ । आफ्नो स्वार्थ सिद्धि गर्नको लागि गरिने पशुबलीलाई आजको समाजले मात्र नभई आदि काल देखि नै तामसी प्रवृत्ति हो भनेर तन्त्रशास्त्रलाई नै आलोचना गरिएको हो । तन्त्रशास्त्रमा गुड रहस्यले भरिएको आन्तिरिक अर्थहरुको कारण समाजमा बली प्रथाको प्रचलन चलेको इतिहास देखिन्छ ।

बलिको नाममा गरिने हिंसा परम्परा कतिको उचित हो भनेर मैले धार्मिक कार्यक्रममा मोदनाथ प्रसिद लाई २०६४ सालको दसैँमा सोधेको थिए । उत्तरमा वहाँले भन्नु भयो आदिकालमा मानिसको मुख्य खाद्यान्य मासु नै थियो त्यसै हुनाले मान्छेले जे खान्थ्यो त्यही चढाउथ्यो तर त्रेत्रा युगमा भगवान् कृष्णले गोपाल बंशि भएर आउनु भयो । खेती गर्नु पर्छ पशु पाल्नु पर्छ भनेर जनतामाझ चेतना फैल्याउनु भयो बलरामले हलो लिएर आउनु भयो र कृषि युगमा परिणत गर्नु भयो । यसरी खेतीपातीलाई विकसित गराईयो र मांश भोजन लाई परित्याग गर्न गरिएको परिवर्तन हो । एक दान अन्नको बीउले हजारौँ मानिसको पेट भर्न सक्छ र बढ्दो जनसंख्याकालागि पर्याप्त भोजन प्राप्त हुन्छ । कृषको जीवन स्तरमा आर्थिक वृद्धिदर गराउछ ।

पशु शब्दको अर्थ इन्द्रियहरुको विकास हो भनेर तन्त्र शास्त्रमा भनिएको छ । प्रायः केही जन्तुहरु इन्द्रियहरुको भोग बढीमात्रमा पाइन्छ । जस्तो राँगोमा क्रोधको मात्रा बढी हुन्छ । भेडामा मोहको,बोकामा जिब्राको,हाँस र परेवामा मैथुनको भाव बढी हुन्छ । यस्ता कुराको उदाहरण स्वरूप यस्ता विकारलाई त्याग्नु पर्छ अर्थात् बली चढाउनु पर्ने कुरामा तन्त्रशास्त्रले जोड दिएको हो । यस्ता कुरालाई नबुझेर तिनै तिनै पशुलाई बली चढाउन थालीयो । खड्गको परिभाषा ज्ञानरुपि खड्ग र टाउको काट्ने भनेको अहंकाररुपि बुद्धिलाई हटाउनु भनिएको हो ।

श्री सत्य साइबाबाले २०५५ सालको शिवरात्रीमा दिनुभएको प्रवचनमा एउटा दृष्टान्त दिएर बलिको बारेमा भन्नुभएको थियो । एक दिन भव्य लावालस्कर सहित केही भेडा र बोकालाई बली दिन भनेर लगिरहेको देख्दा एक जना महात्माले यी जन्तुलाई बली दिँदा के उपलब्धि हुन्छ ? भनी सोध्नुहुदा यी जन्तु सबैले मोक्ष पाउछन् भन्ने जवाफ पाउनु भएछ । अनि माहात्माले हास्दै भन्नु भएछ । हे महाशय ! मोक्ष चाहाने कयौ मानिस छन् ,तिनलाई बली नदिएर यी अबोध जन्तुलाई मोक्ष के हो ? के थाहा , त्यस्ता अबोधलाई बली दिएर के पाउछौ । यदि साच्चिकेै मोक्ष मिल्छ भन्ने कुरामा तिमी दृढ विश्वास भए किन आफू र हाफ्नै सन्तानलाई बली दिदौन । यसै प्रसङ्गमा भगवान् बुद्धले भन्नुभएको छ । हरुलाई दुख कष्ट पुर्याएर आफ्ने भलाई कदापि हुँदैन । यदि मनिस सुख चाहान्छ भने यज्ञमा पशुलाई बली दिनेप्रथा बन्द गनैपर्छ ।

भगवान् श्री कृष्णबाट गीता ( अध्याय ६ को ३०,३२ श्लोक )मा आज्ञा भएको छ । जौ मनिसले सम्पूर्ण जगतका जीवजन्तुमा म (भगवान्) लाई र म मा सबैलाई देख्दछ ।त्यस्ताको लागि म सर्वसुलभ छु। अर्थात् त्यस्ताले सधैँ सुखशान्ति पाएछन । धमाएत्मा मानिसले सबै प्राणीलाई आफूजस्तै ठान्दछन् । आफूलाई जे गर्दा सुख दुख हुन्छ अरूलाई पनि त्यस्तै हुन्छ भन्ने कुरा बुझेर व्यवहार गर्ने व्यक्तिले मात्र सुख शान्ति पाउँछ ,अरूले पाउदैन । वेदको उद्घोष छ सर्व खल्विदम ब्रम्ह अहं ब्रम्हास्मि तत्वमसि अर्थात् जगतका सम्पूर्ण जीवजन्तु मेरै स्वरूप ब्रम्ह हो. । तिमी पनि त्यही (ब्रम्ह) हौ ब्रम्ह भनेकै म हुँ ।अहिशा परमो धर्मका भगवान् बुद्ध शान्त र अहिंसाका प्रतिमूर्ती नै हुनुहुन्छ । यस्तो पूण्यभूमिमा यस्तो हिंश गर्न सुहाउला त ? महर्षि व्यासले सम्पूर्ण धर्मशास्त्रको निचोड निकालेर एकै वाक्यमा यहीकुरालाई यसरी भन्नुभएको छ परेपमार पुण्याय पापाय परपीडनम अर्थात् अरूको उपकार (भलो) नै पुण्य हो तथा अरूलाई दुख कष्ट दिनु नै (हिंसा) पाप हो । बलि चढाउनु हुँदैन भन्ने कुरा होइन बलि चढाउनु पर्छ तर के को ?

काम, क्रोध, द्वौपशु मनसा बलिमर्षयेत काम क्रोधौ बिध्न कृतौ बलि दत्वा जयँ चरेत अर्थात् हाम्रो शरीरमा पशु स्वरूप रहेका काम क्रोध पशुले पूजा कार्य साधनमा विध्न दिने हुँदा यसै पशुलाई बलि दिई वा मनबाट त्यागेर भगवति देवीको पूजा गरौँँ म मधुसुदनको तर्फबाट विजया दशमीको शुभकामना !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *