रोहिंग्या समुदाय नेपाल भित्रिएको पुष्टि हुने कुनै आधार नरहेको सरकारको स्पष्टिकरण

सरकारले बर्माका रोहिंग्या समुदाय नेपाल भित्रिएको भन्ने पुष्टि हुने कुनै आधार नरहेको स्पष्ट पारेको छ ।  अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले रोहिंग्या समुदायका ५ सय जना नागरिक नेपाल भित्रिएको भन्ने कुनै आधार सरकारसँग नभएको प्रष्टिकरण दिनु भएको हो । सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले उनीहरु नेपाल भित्रिएको हो÷होइन सरकारले छानवीनको कामलाई तीव्रता दिने पनि उल्लेख गर्नु भयो । महानिर्देशक काफ्लेले तेस्रो मुलुकबाट भित्रिएका कुनै पनि नागरिकलाई नेपाल बस्ने अनुमति नभएकोतर्फ पनि सचेत गराउनु भयो ।

महानिर्देशक काफ्लेले देशको राष्ट्रिय सुरक्षाका दृष्टिले पनि कुनै पनि नागरिकलाई नेपाल भित्रयाउन नमिल्ने पनि उल्लेख गर्नु भयो । पछिल्लो समयमा भारत हुँदै बर्माका करिव ५ सय नागरिक अवैध रुपमा नेपाल भित्रिएको चर्चा छ । यस सम्बन्धमा गृह मन्त्रालयले आवश्यक छानवीन गर्ने पनि महानिर्देशक काफ्लेको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *