अल्छि, अनिन्द्रा र थकाइ लाग्ने बानी यसरी हटाउन सकिन्छ

शारिर, दिमाख र मन लाई एक्टिभ बनाइ राख्न सबैको चाहाना हुन्छ । तर विभिन्न समस्या, बाध्यता र वाहानाको कारणले हामी आफूले चाहे जस्तो एक्टिभ बन्न सकिरहेका छैनाै भने यी तल दिएका टिप्सहरूलाई फलो गर्न सक्छाै । जसले अल्छि, अनिन्द्रा र थकाइबाट मुक्त हुन मद्द गर्छ ।

-प्रशस्त पानी पिउने
साधारणतया ६ देखि ८ घण्टा सम्म सुतिन्छ । त्यसैले उक्त समयमा पानी पिइएकाे हुँदैन । लामाे अन्तरालकाे बिचमा जब बिहान उठिन्छ सबैभन्दा पहिले पानी पिउनु पर्छ ।  जसले शरीरकाे अनावश्यक कुरा पनि बाहिर निकाल्छ ।

-बिहानै नुहाउने
अालश्य हटाइ फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ ।

-बिहानै योग गर्ने
बिहान याेग गर्दा फिट रहने मात्र नभै माेटाेपन पनि घट्छ । ध्यान तथा लामाे समय सम्म सास लिने अासन गरे पुरै दिन उर्जामय हुन्छ ।

-चाँडै निदाउनु
लामो श्वास फेर्ने । सुत्दाखेरि लामो श्वास तान्ने र फ्याँक्ने गर्दा शरीरमा पर्याप्त अक्सिजन प्रवाह हुन्छ जसले गर्दा तपाईँलाई आराम मिल्न गई निद्रा पर्छ

-खाना खाने बित्तिकै नसुत्ने
मानिसलाई खाना खाएपछी अल्छि लाग्छ र सकेसम्म सुत्ने चाहना राख्छन् । तर, खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । खाने बित्तिकै सुत्ने गर्दा तपाईँले खाएको खाना पाचन हुन सक्दैन र यसले शरीरमा बिकार पैदा गर्छ । साथै मोटोपन पनि बढ्ने गर्छ ।

-निन्द्रा नलागे उठ्ने
सुतेको ३० मिनेटसम्ममा पनि निद्रा परेन भने ओछ्यानबाट उठ्नुपर्छ । तपाईँले आफ्नो शरीरलाई नसुताउनका लागि तालिम दिइरहनुभएको छ तर झुट ठान्नुहोस् र नसुत्नुहोस् । यसो गर्दा मस्तिष्कमा यक प्रकारको निद्राभाव जाग्छ । शान्तसँग केही काम गर्नुहोस् जस्तै किताब पढ्ने, मन्द ध्वनीमा सङ्गीत सुन्ने वा केही खाना बनाउने आदि । यसो गर्दा निद्राको महसुस हुन थाल्छ ।

-चिया, कफिको ठाउँमा जुस खाने
दिनकाे सुरुवात चिया कफि भन्दापनि जुसबाट गर्दा राम्राे हुन्छ । चिया-कफिले दिमागलाइ क्रियाशील गराए पनि शरीरमा हानि पु-याउछ । त्यैले जुस पिउनु फाइदाजनक हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *