सोमबार आउँनेबित्तिकै पार्टनरले किन अरूसँग यौन सम्बन्ध राख्छ ( थाहा पाइराख्नुस्)

के धोखा दिनलाई पनि कुनै मुहुर्त हुन्छ ? के मानिसले कुनै दिन, बार, गते तथा तिथि हेरेर आफ्नो प्रियजनमाथि धोकाधडी गर्दछ ? कुन दिन कति बजे मानिसले आफ्नो पार्टनरमाथि बढी धोकाधडी गर्दछ ? वास्तवमा यो मान्छेको चरित्र, मौका आदिमा भर पर्दछ । एक डेटिङ वेबसाइटले यही विषयमा अध्ययन गरेर एउटा रोचक निष्कर्ष निकालेको छ ।

बेलायतको चर्चित वेबसाइट इलिसिट इन्काउन्टर्सका अनुसार हप्ताको सोमबार र शुक्रवार मानिसहरूले आफ्नो पार्टनरलाई सबैभन्दा धेरै मात्रामा धोका दिन्छन् ।

अझ सोमबार बिहान ८ देखि ९ बजेसम्म र शुक्रवार राति ९ देखि १० बजेसम्म । डेटिङ वेबसाइटले बिवाहत्तर सम्बन्धमा रहेका आफ्ना प्रयोगकर्ताहरुले गर्ने मेसेजको विश्लेषण गरी यस्तो निष्कर्ष निकालेको हो । कामकाजको समयतालिका तथा परिवारको मागका कारण उक्त दिनहरुको त्यस समयमा पार्टनरहरुमाथि बढी धोकाधडी हुने गरेको निष्कर्ष उक्त डेटिङ साइटले निकालेको छ ।

शनिवार र आइतबार बिदा हुने र बिदाको दिनहरूमा परिवारसँग समय बिताउनु पर्नाका कारण सोमबार हुने बित्तिकै मानिसहरू आफ्नो अर्को अवैध सम्बन्धवाला मानिससँग सम्पर्क राख्दछन् । सोमबार बिहान ८÷९ बजेको समयमा धेरैजसो मानिस आफ्नो अफिसतर्फ गइरहेका हुन्छन् र सोही समयमा ढुक्क भएर आफ्नो अवैध पार्टनरलाई मेसेज गर्दछन् र भेटघाटका लागि पनि अनुरोध गर्ने गर्दछन् ।

त्यस्तै शुक्रवार रातीको हकमा चाहिँ अब सप्ताहन्तका दुई दिन भेट गर्न नपाइने भयो भन्दै आफ्नो अवैध पार्टनरसँग भेट्ने वा कम्तीमा पनि कुराकानी गर्नका लागि उनीहरूले शुक्रवार राति ९÷१० बजेको समयमा बढी भन्दा बढी मेसेज गरिरहेका हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *