नवरात्रमा कन्या पूजनको महत्त्व

काठमाडौं, असोज ५ । देवी भागवतमा कन्यालाई देवीको रूपमा पूजा गर्ने विधानलाई महत्वका साथ वर्णन गरेको पाइन्छ । नवरात्रका नौ दिनमा नौ थरीका कन्यालाई पूजा गर्नु पर्ने शास्त्रिय मान्यता छ । वर्ष भरीमा आउने औशी पुर्णिमामा पनि घरका छोरी चेलीलाई टीका लगाईदिएर पूजा गर्ने र उपहार दिने परम्परा अद्यपि हाम्रो समाजमा छदैछ । नवरात्रमा विशेष गरेर प्रत्येक दिन अलग अलग रूपमा विभिन्न कन्याको पूजा गर्दा निम्न फल प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।

पहिलो दिन: नवरात्रको पहिलो दिन दुई वर्षकी कन्याको पूजा गर्नुपर्छ । दुई वर्षको कन्यालाई कुमारी मानिएको छ यस्ती कन्याको पूजा गर्नाले दुख दरिद्रता हटछ शत्रु नाश हुन्छन् धन आयु र बल वृद्धि हुने शास्त्रिय मान्यता रहेको छ ।

दोस्रो दिनः नवरात्रको दोस्रो दिन अर्थात् द्धितीयाको दिन तीन वर्षको कन्याको पूजा गरिन्छ । तीन वर्षकी कन्यालाई त्रिमूर्ति कन्याको स्वरूपमा मानिएको छ । यस्ति कन्याको पूजा गर्नाले धन सम्पति, सन्तान एवं बुद्धि प्राप्त हुन्छ ।

तेस्रो दिनः तृतीयको दिन वा तृतीया तिथिमा चार वर्षकी कन्याको पूजन गर्नु पर्दछ । यस्ति कन्याको कुमारीको स्वरूप मानिएको छ । यिनको पूजा गर्नाले आँटेको काममा विजय हुन्छ एवं मनोकामना पूर्ण हुन्छ ।

चौथो दिन: चौथो दिन तथा चतुर्थीको दिनमा पाँच वर्षकी कन्याको पूजन गरिन्छ । यी कन्यालाई रोहिणी कन्याको स्वरूपमा पूजा गरिन्छ । यिनको पूजा गर्नाले रोग नाश भई आरोग्यता प्राप्त हुने शास्त्रिय मान्यता रहेको छ ।

पाँचौ दिन: पञ्चमीको दिन अर्थात् पंचमीको दिनमा कालरात्रिको स्वरूप मानेर छ वर्षकी कन्याको पूजा गरिन्छ । यिनको पूजन गर्नाले शत्रु नाश तथा शत्रु भय नाश हुने विश्वास गरिन्छ ।

छैठौ दिनः नवरात्रको छौठौ दिन सात वर्षकी कन्यालाई चण्डिकाको रूप मानेर पूजा गर्ने चलन रहेको छ । विशेष गरेर चण्डिका साधना धन, एवं ऐश्वर्य प्राप्तिका लागि गरिन्छ ।

सातौ दिन: सातौ दिन आठ वषिया कन्यालाई शाम्भवी कुमारीको रूपमा पूजा गर्नाले आर्थिक समस्या आई लाग्दैन र वादविवादमा पनि विजय हुन्छ भन्ने विश्वास छ ।

आठौँ दिन: नवरात्रको आठौ दिन पूजा गरिने नौ वर्षिया बालिकालाई माता दुर्गाको रूप मानिन्छ । दुर्गा साधनाबाट कठिन कार्यमा पनि सफलता मिल्छ शत्रु नाश हुन्छन् र मोक्ष प्राप्ति हुन्छ ।

नवौँ दिन: नवौ दिन दश वर्षकी कन्यालाई शुभद्राको रूपमा पूजा गर्नुपर्छ । यसो गर्नाले सम्पूर्ण मनोकामना पूर्ण हुन्छन् भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *