हामीले तिरेको अन्तःशुल्क र भ्याट कुन तहकाे खातामा जान्छ ?
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
असोज ३, काठामाडौं । सरकारले प्रादेशिक संरचना अनुसार राजस्व र रोयल्टी बाँडफाँडको मोडालिटी तयार पारेको छ । अर्थमन्त्रालयले अन्तर सरकारी वित्त ब्यवस्थापन सम्बन्धि ऐनको बनाएर सरकारका तीन तह (केन्द्र, प्रदेश र स्थानीय तह) मा राजस्व बाँडफाँडको मोडालिटी तयार गर्न लागेको हो ।
अर्थमन्त्रालयले ऐनको मस्यौदा बनाएर संसदमा पेश गरेको छ । जसअनुसार सर्बसाधारणबाट उठेको राजस्व र प्राकृर्तिक स्रोत साधनको दोहन गरेवापत लाग्ने रोयल्टी कुन तहले कति प्राप्त गर्ने भन्ने निर्धारण गरिनेछ ।
प्रस्तावित ऐनको मस्यौदा अनुसार सर्बसाधारणले तिरेको मूल्य अभिबृद्धि कर (भ्याट) र अन्तशुल्कबाट केन्द्र सरकारले ७८ प्रतिशत लिनेछ । यस्तै प्रदेश सरकारले ७ प्रतिशत र स्थानीय तहले १५ प्रतिशत पाउने छन् ।
ऐनको मस्यौदा अनुसार ४ प्रकारको रोयल्टीमा राज्यका तिनवटै तहमा बाँडफाँड हुनेछ । जस अनुसार पर्वतारोहरण रोयल्टी, विद्युत रोयल्टी, बन रोयल्टी र खानी तथा खनिज रोयल्टी राज्यका तिनवटै तहले लिनेछन् । यस्तो सबै प्रकारका रोयल्टीमा केन्द्र सरकारले ८५ प्रतिशत रकम राख्नेछ भने सम्बन्धित प्रदेशलाई १० प्रतिशत र स्थानीय तहलाई ५ प्रतिशत रकम दिइनेछ ।
केन्द्र सरकारले लिने गैरकर राजस्व
स्थानीय तहले लिने गैरकर राजस्व
स्रोत : Clickmandu
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)