अाजको राशिफल

“
असोज २, काठमाडाै ।
मेष : तपाईँको राशिबाट चौथो परेका चन्द्रमाको प्रभाव देखिएको हुदाँ आजको दिन तनावपूर्ण रहने देखिन्छ ।
वृष : पराक्रम स्थानमा आजका चन्द्रमा छन् । दाजुभाइको सहयोग एवं स्नेह मिल्ने समयको प्रभाव छ ।
मिथुन : धन स्थानमा ग्रहको प्रभाव परेको छ । व्यापार व्यवसायमा भने जस्तो सफलता पाइने योग देखिएको छ ।
कर्कट : आज तपाईको राशिमा चन्द्रमाको प्रभाव परेको छ । मन मुहार रमाउला । यात्राको सम्भावना छ ।
सिंह : आजको दिन तपाईकोलागि खर्च मुखि भएर आएको छ । लेनदेन विषयमा ध्यान दिनु पर्ला ।
कन्या–लाभ स्थानमा ग्रहको प्रभाव परेको छ । कसैले तपाईँलाई आर्थिक सहयोग देला । यात्रा योग छ ।
तुला : कर्म प्रधान समयको प्रभाव देखिन्छ । उच्च स्तरका व्यक्तिबाट सहयोग मिल्ला । आर्थिक फाइदा होला ।
वृश्चिक : भाग्य स्थानमा आजका ग्रहदशा परेका हुदाँ सानै यत्न प्रयन्नबाट ठुलै उपलब्धि हुने सम्भावना छ ।
धनु : आजको दिन तपाईकोलागि हानिकारक भएर आएको देखिन्छ । स्वास्थ्यमा ध्यान दिनु पर्ला ।
मकर : सप्तम स्थानमा ग्रहको प्रभाव देखिएको छ । दाम्पत्य जीवन सफल रहला । प्रेममा सफलता मिल्ला ।
कुंभ : बलियो दिनको प्रभाव देखिएको छ । शत्रु तत्त्व हार खालान् । अरूको सहयोगमा गरेको कार्य उत्तम रहला ।
मीन : पंचम भावमा परेका ग्रहको प्रभाव देखिन्छ । ज्ञानोपयोगी कुरा सुन्न पाईएला । पारिवारिक जमघट होला ।
“








