यात्रु तानातान गर्नेलार्इ प्रहरीले नियन्त्रणमा लिदै

भदाै ३०, नेपालगन्ज । बसपार्क होस् वा बस स्टेण्ड यातायात साधनका कर्मचारीहरू यात्रुलाई तानातान गरेको देख्न सकिन्छ । त्यसक्रममा यात्रुलाई असहज हुने, सवारी साधनका कर्मचारी बिच नै झैँ–झगडा समेत हुने गर्दछ । जिल्ला प्रहरी कार्यालय बाँकेले यस्ता घटना नियन्त्रणमा लिन निगरानी बढाएको छ ।

प्रहरीले मङ्गलवार र बुधवार यात्रु तानातान गर्ने ९ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले मङ्गलवार दुई जना सवारी साधनका कर्मचारीलाई यात्रु तानातान गरेको, यात्रुको सामान अलपत्र पारेको भन्दै नियन्त्रणमा लिई यातायात व्यवसायीको रोहवरमा छाडेको थियो । तर, बुधवार पनि त्यस्तै घटना दोहोरिएपछि प्रहरीले थप ७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । यात्रु वाहक बस, म्याजिक भ्यान, हाईस, वीङगर, नगरबसमा चढ्ने यात्रुहरुलाई तानातान गरी अलपत्र पार्ने, यात्रुहरुको सामान अलपत्र पार्ने कार्य विरुद्ध प्रहरीले आफ्ना गतिविधि अघि बढाएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =