एनआईसी एसियाले ग¥यो चौथो पटक डलरको आयात

काठमाडौँ, भदौ २३ । एनआईसी एसिया बैक लिमिटेडले विदेश जाने नेपालीहरूका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्नका लागि विदेशबाट नगद डलरको आयात गर्ने कार्य जारी राखेको छ । बैङ्कले दसैँ तथा तिहारको अवसर पारेर बिदा मनाउन विदेश जानेहरुको सङ्ख्या बढ्ने र डलरको माग पनि बढ्ने भएकाले उक्त मागलाई पूर्ति गर्नका लागि चौथो पटक ५० लाख नगद डलर आयात गरी ग्राहकहरुलाई उपलब्ध गराउन सुरु गरेको जानकारी दिएको छ ।

यसअघि बैङ्कले तीन पटक गरेर ६० लाख नगद डलर आयात गरी नेपाली ग्राहकहरुलाई उपलब्ध गराइसकेको बैङ्कले बताएको छ । बैङ्कले काठमाडौँ उपत्यकाका सबै शाखाहरुमा प्रशस्त मात्रामा नगद डलर रहेकाले कुनै पनि ग्राहकले डलर नपाएर फर्कनुपर्ने अवस्था नरहेको बताएको छ ।

यसअघि नगद अमेरिकी डलरको अति न्यून मात्रामा आपूर्ति भएका कारण ग्राहकहरुलाई पर्न गएको असजतालाई सम्बोधन गर्ने हेतुले नेपाल राष्ट्र बैकद्वारा ‘क’ वर्गका बैकहरुलाई विदेशबाट नगद डलर आयात गरी सप्लाइ गर्न परिपत्र जारी भएपछि विदेशबाट डलर आयात गर्ने एनआईसी एसिया पहिलो बैङ्क बनेको थियो ।

डलर साट्न आउने ग्राहकले साथमा पासपोर्ट र हवाई टिकेट पनि लिएर आउनुपर्ने तथा त्यस्तो कागजात पूरा गरी आउने प्रत्येक ग्राहकलाई नियमानुसार २५ सय डलरसम्म उपलब्ध गराउन सकिने बैङ्कले जानकारी दिएको छ ।

बैकले हालका लागि काठमाण्डाै भित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरु (त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, किर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटार) बाट सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

साथै, बैकले विदेश जाने ग्राहकहरुलाई VISA Internationl Debit Card मार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *