छोरी रेणु दाहाललाई हेर्दै प्रचण्डले भने,‘भरतपुरलाई स्मार्ट हैन उत्कृष्ट सिटी बनाउछु’

काठमाडौँ, भदौँ २३ । सत्तारुढ दल नेपाली काँग्रेससँग स्थानीय तह तेस्रो चरणको चुनावी तालमेल प्रक्रिया भाँडिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मङ्सिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा चितवनबाट चुनाव लड्ने भएका छन् । कुन निर्वाचन क्षेत्रबाट लड्ने त्यो चाँडै नै पार्टीले तय गर्ने उनले बताए ।

भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भरतपुरलाई स्मार्ट हैन उत्कृष्ट सिटी बनाउनका लागि प्रतिनिधि सभा निर्वाचन लड्ने बताएका हुन् । आज शुक्रवार प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भरतपुरलाई मुलकुकै उत्कृष्ट र नमुना प्रदेश बनाउने घोषणा गरे । ‘चितवन महानगरलाई स्मार्ट हैन उत्कृष्ट सिटी बनाउनुपर्छ । अहिले चितवन देशको एउटा विशिष्ठ जिल्ला हो । यसको राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ। त्यसैले म चितवनबाट चुनाव लड्दैछु।’

प्रचण्डले भरतपुरलाई उत्कृष्ट सिटी बनाउन आफूले चिनियाँ सरकारसँग पनि वार्ता थालिसकेको स्पष्ट पारे । ‘भरतपुरलाई मुलुककै उत्कृष्ट सिटी बनाउँन मैले चिनियाँ पक्षसँग पनि कुरा गरेको छु। अब,छिटै यसको गुरुयोजना पारिन्छ । मुख्यतः चितवन देशकै राजनीतिक र आर्थिक गतिविधिको केन्द्र हो। त्यसैले चितवनलाई देशकै उत्कृष्ट जिल्ला बनाउने मेरो सपना छ।’

चितवन महानगरकापालिकाका नदी नियन्त्रण तथा व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृषिको आधुनिकीकरण, प्राविधिक शिक्षाको गुणात्मक विकास, रिङ रोड, सञ्चार लगायतका क्षेत्रलाई पनि उत्तिकै प्राथमिकतामा राखेर आफूले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन लागेको बताए ।

आयोजित कार्यक्रममा भरपुर महानगरमा नव निर्वाचित मेयर रेणु दाहाल, माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’लगायत अन्य शीर्ष नेताहरू उपस्थित रहेका थिए । उनीहरुतर्फ हेर्दै प्रचण्डले  आफूले आगामी निर्वाचनमा उम्मेदवारी दिने पक्का जस्तै भएको बताए । भरतपुर महानगरकापालिकामा आफ्नै छोरी मेयर भएपछि पनि काम गर्न उनलाई सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =