चार किलो चरेससहित एक पक्राउ

 काठमाडौं, भदौ २२ ।  चार किलो लागुऔषध चरेससहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–६ घर भई हाल काठमाडौँ बालाजु बस्ने ३१ वर्षीय ‘शुक्रराज थिङ’ भन्ने राजु लामा रहेका छन् ।

प्राप्त सूचनाका आधारमा उनलाई काठमाडौँ महानगरपालिका–९ तिलगंगास्थित महाराजा होटलको कोठा नं १०१ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *