चार किलो चरेससहित एक पक्राउ
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २२ । चार किलो लागुऔषध चरेससहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–६ घर भई हाल काठमाडौँ बालाजु बस्ने ३१ वर्षीय ‘शुक्रराज थिङ’ भन्ने राजु लामा रहेका छन् ।
प्राप्त सूचनाका आधारमा उनलाई काठमाडौँ महानगरपालिका–९ तिलगंगास्थित महाराजा होटलको कोठा नं १०१ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








