दसैंका लागि नयाँ नोट भदौ २८ देखि साटिने
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, भदौ २० । दसैंलाई लक्ष्य गर्दै नेपाल राष्ट्र बैंकले भदौ २८ देखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।
उपत्यकाभित्र करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए ।
केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने जनाएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट प्रतिव्यक्ति २७ हजार रुपैयाँ बराबर नोट साट्न पाइने छ ।
यसैगरी नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको निरौलाले जानकारी दिए । –नागरिक दैनिकबाट“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित