सुर्यकुमार क्षेत्री मिडियाकप फुटसल प्रतियोगिता सुरु

काठमाडौ, १८ भदौ । पत्रकार तथा गितकार स्वर्गिय सुर्यकुमार क्षेत्रीको स्मृतिमा आज देखि मिडियाकप फुटसल प्रतियोगिता सुरु भएको छ । ललितपुरको भैसीपाटीमा रहेको गोलपोष्ट फुटसलमा सुरु भएको प्रतियोगिताको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषी धमलालले गर्नुभएको छ ।

दोस्रो पटक हुन लागेको प्रतियोगितामा विभिन्न दश ओटा संचार माध्यमहरुले भाग लिएको महासंघका उपाध्यक्ष दिलिप थापाले जानकारी दिनुभयो । पहिलो पटक गत बर्ष आयोजना गरिएको प्रतियोगिताबाट उठेको रकम पत्रकार क्षत्रीको छोराको अध्ययनका लागि सहयोग गरिएको र अहिले उठ्ने रकम अर्का पत्रकार संजयसन्तोषी राईको उपचारका लागि सहयोग गरिने उहाँले बताउनु भयो ।

धनकुटाका अग्रज पत्रकार राईको मुटुको शल्यक्रिया आजै काठमाडौँको शिक्षण अस्पतालमा हुदैछ । प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार र द्धतिय हुनेलाई २५ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । यसअघि गत बर्ष भएको पहिलो प्रतियोगितामा इमेज च्यानल पहिलो र नेपाल टेलिभिजन दोस्रो भएका थिए ।

झण्डै डेढ दशक पत्रकारिता गरेका युवा पत्रकार क्षेत्रीको ब्रेन ट्युमरका कारण गत बर्ष बैशाखमा निधन भएको थियो । २०७१ मंसिरमा ब्रेन ट्युमर देखिएपछि क्षेत्रीको नेपाल र भारतमा उपचार भरिएपनि सफल हुन सकेको थिएन । स्याङजामा जन्मीएर पाल्पा, बुटवल हुदै काठमाडौलाई पत्रकारिताको कर्मथलो बनाएका क्षेत्री प्रेस युनियनका सचिव समेत हुनुहुन्थ्यो ।

उहाँका श्रीमती र छोरा काठमाडौमै बस्दै आएका छन् भने परिवारका अन्य सदस्य गृहजिल्ला स्याङजामै बस्दै आउनुभएको छ । क्षेत्री नेपाली सांगीतिक क्षेत्रमा स्थापित सर्जक पनि हुनुहुन्थ्यो । उहाँका धोका दिनेलाई के भनौ र खै‘.., धानको सिरौँला, औठी चिनो छ‘,लगाएतका गीतहरु अहिले पनि चर्चित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *