अदक्ष श्रमिकको सपना उर्फ, दक्षिण कोरिया !

सङ्घर्ष बुढाथोकी

काठमाडौं, भदौ १२ ।  सन १९६० को दशक सम्म दक्षिण कोरिया संसारका गरिब मुलुकहरु मध्ये एक थियो । त्यसतबेला दक्षिण कोरियाली नागरिकको प्रतिब्यक्ति आय ७० अमेरिकी डलर मात्र थियो । जुन अफ्रिकी, ल्याटिन अमेरिकी र दक्षिण एशियाली गरिब मुलुक भन्दा थियो । नेपाल भन्दा सानो भूगोल भएको दक्षिण कोरिया अधिक स्रोत साधन भएको मुलुक थिएन । बरु ३ बर्षे कोरियाली युद्धले तहसनहस भौतिक सरचना, प्राकृतिक स्रोत साधनको दुर्लभता, शैक्षिक जनशक्तिको अभाब र अनियन्त्रित जनसंख्या भएको मुलुक थियो ।

दक्षिण कोरियाको आधुनिक बिकास शैनिक साशक पार्क जङ्ग हि ले सुरु गरेका थिए । भ्रष्टाचारीलाई कारवाही, खुला औद्योगिक मैत्री बाताबरण, साना तथा मझौला उद्योगहरुको प्रबद्र्धन,“सिमा लोङ तोङ” अर्थात म गर्न सक्छु भन्ने भाबना जागृत गराउने ग्रामिणमुखी, जनमुखी कार्यक्रमले दक्षिण कोरियालाई बिकासको गोरेटोमा डो–याएको थियो । राज्यले ठूलो लगानी गरेर वा वृहत परियोजना ल्याएर नभई बिकास निर्माणमा जनता संग हातेमालो गर्दा आर्थिक समृद्धिले जीबन्तता प्राप्त गरेको थियो । मानबीय साधनको भरपूर उपायोगका लागि प्रौढ शिक्षा तथा सिपमुलक तालिम प्रदान गरियो । गरिबीको समयमा पश्चिम युरोपका खानी र अस्पातालहरुमा काम गर्दाको सीप र बिप्रेशण देश बिकासमा उपयोग गरियो । जीबन स्तर उठदै जादा देशको स्वरुप नै औद्योगिकीकरण तर्फ मोडिन समय लागेन ।

सन १९६२ ताका दक्षिण कोरियाले पञ्चबर्षीय योजना सूरुवात ग–यो । त्यसै ताका अर्थात सन १९६२ मा जापानवाट ८० करोड डलर उपनिबेश क्षेतिपूर्ति सम्बन्धी सन्धी वापत अनुदान तथा सरल ऋण प्राप्त ग–यो । उक्त रकम सरकारले सफलतापूर्बक फलाम तथा स्टिल कम्पनी, सडक तथा पूर्वाधारमा खर्च ग–यो । स्टिल कम्पीनमा गरिएको लगानीले कोरियाली स्टिल कम्पनीललाई बिश्वको दोस्रो कम्पनीमा स्थापित ग¥यो।

सरकाले ठूलो लगानी खर्चिएको पोहाङ स्टिल तथा फलाम कम्पनीले क्यालिफर्नियाको किष्टबर्गमा अमेरिकी संयुक्त लगानीमा फ्याक्ट्री समेत खोल्न सक्यो । प्रष्ट योजना र दृढताको कारण दक्षिण कोरियाका लागि सन १९६० देखि १९९० को ३ दशमा स्वर्णिम दशक साबित भयो । आर्थिक समृद्धि संग संगै सन १९८० मा नागरिको प्रतिब्यक्ति आय १६ सय डलर पुग्यो भने सन १९९० को दशकको मध्यकालमा आईपुग्दा १० हजार डलर चुम्यो । अर्कोतर्फ कूल ग्रार्हस्थ्य उत्पादन ३ दशकमा १७ गुण बृद्धि भयो ।

सन १९९८ मा सुरुवात भएको आर्थिक मन्दी सन २००१ मा हल गर्न सरकार सफल भयो । आथिक संकट टार्न नागरिकले आफु संग भएको सुन सरकारलाई दिए । नागकिरवाट २ सय २७ टन सुन संकलन भयो । उक्त सुन आर्थिक गतिबिधिमा उपयोग गर्दा दक्षिण कोरियाली आर्थिक मन्दी लखेटियो । जसको कारण सन २००३ देखि २००७ सम्म आर्थिक बृद्धि दर लगभग ४ प्रतिशत हाराहारीमा पुग्यो । सन २००८ मा मडारिएको आर्थिक मन्दी छिचोल्न सफल दक्षिण कोरिया सन २०१० मा ६.१ प्रशितको आर्थिक बृद्धिदर सहित ठूला अर्थतन्त्रको(जि २०) बैठक गर्न सफल भयो ।

उत्पादनमुलक क्षेत्रलाई आर्थिक बृद्धिको उत्प्रेरक बनाईरहेको दक्षिण कोरयाली कूलगार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान करिवन ४० प्रतिशत रहेको रहेको छ । निर्यात ब्यापारलाई आम्दानीको मुख्य स्रोत बनाउन सफल दक्षिण कोरिया अटोमोवाईल, पानी जहाज, बिद्युतीय सामग्री र रसायन उत्पादनमा अग्रणी छ । अटोमोवाईलमा दक्षिण कोरियाले रातारात तरक्कि गरेको थिएन । सन १९५५ मा बिभिन्न मुलुहरुवाट पाटपूर्जा ल्याई एसेम्बलिङ्ग ग–यो । सन १९६० मा उद्योगको रुपमा केही आधुनिकरण ग–यो । सन १९६२ मा किया लगाएत ३ वटा उद्योगहरु स्थापना भए । सन १९७५ मा हुन्डाई कम्पनी स्थापना भई आधुनिक अटोमोवाईलहरु उत्पादन सूरुवात भयो । पश्चिममा मुलुकहरुवाट प्रबिधी तथा इन्जिनियरहरु भिकाईए । सन १९८२ सम्म आईपुग्दा अटोमोवाईल निर्यात हुन थाल्यो । सन १९८२ मा सरकारले अटोमोवाईलाई लाभ पुग्ने खालको नीति ल्यायो । सन १९९० को दशकमा दक्षिण कोरियाले अटोमोवाईल कम्पनीलाई आधुनिकरण र उच्च प्रबिधियुक्त बनायो ।

पानी जहाज उत्पादनमा दक्षिण कोरियाले सजिलै जापानलाई पछाडि पारेको थिएन । अहोरात्रको मिहनतका कारण दोस्रो ठूलो पानी जहाज निर्माता तथा निर्यातक मुलुक बनेको थियो । अहिले बिश्व बजारको कूल माग मध्ये २९ प्रतिशत आपुर्ति गरिरहेको छ । तेल बोक्ने जहाज देखि लिएर र अत्याधुनिक पानी जहाज दक्षिण कोरियाले बनाईरहेको छ । सन १९६० देखि १९९० सम्म पानी जहाजमा एकाधिकार जमाएको जापनलाई पछाडि पार्न सफल दक्षिण कोरियाले हाल समग्र युरोप र जापानको भन्दा दोब्बर जहाज निर्यात गर्दछ । दक्षिण कोरियाली समुद्रीतट त्यो सर्बाधिक जहाज चल्ने तटमा पर्दछ, जहाँ दैनिक लाखौ टन सामान दक्षिण कोरियाले आफ्नै जहाज मार्फत निर्यात गरिरहेको छ ।

आणबिक उर्जा उत्पादनमा पनि दक्षिण कोरिया पछाडि छैन । हाल २३ वटा आणबिक भट्टी मार्फत समग्र उर्जा आबस्यकताको २९.५ प्रतिशत हिस्सा पुरा गरिरहको उक्त मुलुकले सन २०३५ सम्ममा कुल उर्जाको ६० प्रतिशत हिस्सा आणबिक उर्जा मार्फत पुरा गर्ने लक्ष लिएको छ । सन २०३० सम्ममा बिश्व भर ८० वटा बिद्युतीय आणबिक भट्टी बनाउने उसको योजना छ । बिद्युतीय तथा तथा प्राबिधिक बिकासमालाई प्राथमिकता दिएको दक्षिण कोरिया बिद्युतीय सामाग्रीको प्रमुख निर्यातकर्ता पनि हो । कोरिया समासुङ, एलजि जस्ता बहुुर्राष्ट्रिय कम्पनीहरुद्धारा निर्मित कम्पुटर, टिभि, रेफ्रिजेटर लगाएतका बिद्युतीय सामग्रीहरुले अहिले बिश्व बजार छाएको छ । दूरसञ्चार उपकरण, सूचना प्रबिधि, रसायन उत्पादन र भौतिक संरचना निर्माणमा पनि दक्षिण कोरिया पछाडि छैन ।

पेट्रोलीय पर्दाथ आबस्यक नपर्ने वाताबरण मैत्री सवारी साधन निर्माणलाई उच्च प्राथमिकता दिईरहेको दक्षिण कोरियामा अहिले बिश्व कै सफल कम्पनीहरु सञ्चालनमा छन । सरकारले खुला बजारलाई प्रोत्साहन गर्दै उचित बातबारण पस्किएको छ । त्यसो त आज भन्दा ५ दशक अघि सम्म दक्षिण कोरिया दाताको भरमा चल्दथ्यो, जनसंख्या बृद्धि कावुमा थिएन, शिक्षाको गुणस्तर ख्याउटे थियो, कृषि क्षेत्रको उत्पादनले भोकमरीलाई सम्बोधन गर्न सक्दैथ्यो, युवाशक्ति पलायन हुन वाध्य थिए, लगभग बर्तमान नेपालको जस्तै !

त्यही मुलुक दरिलो राजनैतिक नेतृत्व, स्वाधिन अर्थतन्त्र निर्माण गर्ने दृढता, कुशल योजना, परिश्रम, सर्मपण, लगनशीलता, उच्चतम प्रबिधिको बिकास र औद्योगिकरण का कारण समृद्ध अर्थतन्त्र बन्न पुगको हो । बिश्वको नबौ ठूलो अर्थतन्त्र, ७ औ ठूलो निर्यातकर्ता, १० औ आयतकर्ता र २७ हजार ५३३ अमेरिकी डलर प्रतिब्यक्ति आययुक्त मुलुकमा स्तरोन्नती हुनुका पछाडि अन्य कारक तत्व ब्यापार ब्यवसाय मुखी नीति नियम, नियम, कानून र अनुशासनको कडा परिपालना, राजनीनैतिक नैतिकता, आम जनतामा कडा मिहनत, लगन र आत्मबिश्वास नै हो । आज नेपाली युवा दक्षिण कोरियमा रोजगारका लागि पलाएन हुन लालयित छन । २०१५।१६ मा सम्ममा ३४ हजार ७ सय वाहिरिएका छन । २०१६।१७ का लागि ३ हजार ५ सय युवा भाषा परिक्षामा छनौट भएकोमा २०१७।१८ मा १२ हजार ८०० छनौट भएका छन । मासिक १ लाख अधिक पारितोषित प्राप्त गर्ने हुदा हाम्रा युवा दक्षिण कोरियामा पलायन भएका हुन । जस मध्ये १० हजार ५ सय कोरिया पुग्नेछन । उसले लैजान थालेको उर्जाशील युवा तप्का हो ।

यसको अर्थ कस्तो जनशक्ति, किन दक्षिण कोरियाले नेपालवाट आयात गर्न चाहन्छ बुझ्न कठिन पर्दैन । कुनै दिन नेपाल भन्दा कमजोर अर्थतन्त्र भएको दक्षिण कोरियाले जसरी, “सिमा लोङ तोङ” अर्थात म गर्न सक्छु भन्ने बिकासको मन्त्र आत्मसाथ गर्दै जनमुखि आर्थिक कार्यक्रम, बिकास निर्माणमा सामुहिकता, मझौला तथा साना उद्योगहरुको प्रबद्र्धन, भ्रष्ट्राचारको निस्तेज मार्फत जुन आर्थिक समृद्धि हासिल ग–यो, त्यसको सिको वा मौलिक अनुसरण गर्दा नेपाललाई नोक्सानी चै हुदैन । लाभै हुन्छ ।
ब्यापार अधिकृत, नेपाल टेलिकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *