मधेसी उम्मेदवारको टाउँको कुच्चिएको भोलिपल्ट दल दर्ता !

काठमाडौँ, भदौँ १० । काटी कुटी भारतीय जनता पार्टीको झण्डासँग मिल्दो जुल्दो राष्ट्रिय जनता पार्टीको भण्डाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएर घर फर्केको छ । पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको जम्बो टोली आज निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएर ब्याक भएको हो । आयोगको ढड्डामा ५५ नम्बरमा दल दर्ता गराएसँगै त्यहाँ पुगेका अध्यक्षसहितका टोलीले ताली बजाएर तेस्रो चरणको निर्वाचतिर लम्कने छाँट देखाएको हाे ।

संविधान संशोधन नहोस् त यहाँ के के हुन्छ ? कि त ( सरकार) छैनस् कि म छुइन भन्दै दागा धर्ने मधेसी दलले प्रत्यक्ष आफ्नै आँखाले संशोधन प्रस्तावमा ४८ मत नपुगेको देखेपछि बल्ल तेस्रो चुनावतिर अघि सर्ने मेसो पाएको हो । ‘ठीकै छ हामीले हामीले हाम्रै अाँखाले याे देख्याे तर अझै हाम्रा बाँकी माग पनि छन् है ’ भनेर दुवै चरणको चुनाव बहिष्कार गरेको राजपाले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी मङ्सिर १० मा हुने भनिएको निर्वाचनमा हाँसी खुसी भाग लिन लागेको महासचिव केशव झाले जानकारी गराएका छन् । हामीले ‘अब हुने सबै निर्वाचनमा होमिने र्छौँ । भर्खंर दल दर्ता गरेर पनि फर्केका छौँ ।’

स्थानीय तहको दुई चरणको चुनाव रित्तिएपनि प्रदेश नम्बर २ का आठ जिल्लामा आगामी असोज २ गते निर्वाचन हुँदैछ । मुख्यगरि,राजपाका अध्यक्ष मण्डलभन्दा पनि पार्टीभित्रका केही जुझारु युवा नेताहरू ‘लु यिनीहरूको तालले यसरी हुँदैन’ भनेपछि बल्ल पार्टी निर्वाचनमा होमिने सङ्केत देखाएको हो । यसरी अध्यक्षहरुलाई थर्काएर निर्वाचनमा होमिन लगाउँने राजपाका नेता हृदयेश त्रिपाठी नै हुन् । पटक पटक केन्द्रीय ‘मिटिङ’मा अनुपस्थित भएका उनले एक दिनको केन्द्रीय छलफलमा गएर ‘यो के को जुम्राको मिटिङ बसेको ?’ भन्दै राँको बालेसँगै सबै चुप लागेका थिए । अहिले आयोगमा ५६ वटा दलमध्ये एक स्टेप मुन्तिर राजपाको नाम कोरिएको छ ।

दल दर्तासँगै राजपाले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवसँग केही बेर छलफल पनि गरेका थिए । आयोगका प्रमुख आयुक्त यादवले ढिलै भए पनि मगजलाई फ्रेस बनाएको भन्दै हाँसी मजाक समेत गरेका थिए । ‘तपाईहरुलाई बधाई छ । ५५ नम्बरमा दल दर्ता भएको छ । अब निर्वाचनतिर अघि बढ्नोस् ।’ उनले सुझावसमेत दिए । स्रोतका अनुसार राजेन्द्र महतोले चुनाव चिन्ह् चाहिँ कहिले भन्दै यादवलाई प्रश्न गरेका थिए । आयुक्त यादवले साइकलमै लड्नुस् न केही पनि हुँदैन भन्दै फकाएपनि राजपाले ‘हुँदैन’ भन्ने सङ्केत देखाएको थियो । त्यसैले दल दर्ता भए पनि यो विषय थन्किएको छ । पार्टीले भने चुनाव चिन्ह छाताको लागि प्रयास गरिरहेको राजपाका महासचिव मनीष सुमनले बताए ।

निर्वाचनमा दल दर्ता अगावै (हिजो शुक्रबार ) असोज दुई गतेको निर्वाचनमा मेयर तथा उमेयरमा भाग लिन चासो राख्ने उम्मेदवारबीच भिडन्तसँगै साे पदका आकांक्षीहरुको टाउँको कुच्चिएको छ । अब, राजपाले दल दर्ता गरेसँगै मधेसमा थप दृश्यहरू देखिने नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *