आँखा किन सुख्खा र पोल्ने हुन्छ ?

स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँसु ज्यादै महत्त्वपूर्ण हुन्छ । आँखाको नानीको बाहिरी सतहमा (प्री कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्दछ।

आँसुका तीन सतह हुन्छन् : लिपिड सतह, एक्वियस सतह र म्यूकिन सतह । आँसु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी तथा सामान्य गुणस्तरको आँसु बन्न नसक्दा सुख्खा आँखाको समस्या निम्त्याउँछ । साथै गर्मी मौसममा तापक्रम वृद्धिसँगै बढी हुरिबतास चल्ने तथा वायुमण्डलमा धुलो, धुँवाको मात्रा बढ्ने हुनाले आँसु चा“डै बाफ बनी उडेर जान्छ र आँखा रातो भई पोल्ने र चिलाउने गर्छ।

सुख्खा आँखा छ भने टेलिभिजन हेर्दा वा कम्प्युटरमा काम गर्दा केही समय आराम गर्नु तथा चिसो पानीले मुख धुनु उपयुक्त हुन्छ । मोटरसाइकलमा हिँड्दा भाइजर लगाउनु बेस हुन्छ । मुख्यतया सुख्खा आँखाको उपचारको लागि कृत्रिम आँसु प्रयोग गर्नुबाहेक अर्को विकल्प छैन । साथै आवश्यक मात्रामा पानी तथा झोलपदार्थ पिउनु पर्दछ । घाममा निस्किँदा कालो चस्मा लगाउनु पर्दछ । यो समस्याको लामो समयसम्म उपचार गराउनुपर्ने हुनाले चिकित्सकको निगरानीमा उपचार गराउनु उचित हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *