राप्रपा विभाजनः सर्वोच्चद्वारा पशुपति शमशेर राणाको पक्षमा फैसला

काठमाडौं, भदौ ५ । सर्वोच्च अदालतले निर्वाचन आयोगले अघि बढाएको प्रक्रियाको विषयमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत पुगेका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाको पक्षमा फैसला गरेको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले राणाको माग बमोजिम पुनः निर्वाचन आयोगमा सांसद तथा केन्द्रीय सदस्यको सनाखत नगराउन आदेश दिएको हो । यस्तै बाँकी प्रक्रिया अघि बढाउन पनि सर्वोच्चको आदेशमा भनिएको छ ।
राणाले गत साउन २२ गते निर्वाचन आयोगका ५६ केन्द्रीय सदस्यसहित ६४ जनाको हस्ताक्षर बुझाएको तर आयोगले पुनः सबै केन्द्रीय सदस्य र सांसदको सनाखत गर्न बोलाएपछि उनी बाँकी संख्याको मात्रै सनाखत गराइनुपर्ने माग गर्दै शुक्रबार अदालत पुगेका थिए ।
अदालतको आदेश अनुसार अब निर्वाचन आयोगमा राणाले ७ केन्द्रीय सदस्यको मात्रै सनाखत गराए दलको आधिकारिक मान्यता पाउनेछन् ।
अदालतमा मुद्दा परेकै कारण आइतबार आयोगले राणालाई बोलाएपनि कोहि पनि सनाखतका लागि गएका थिएनन् ।
गत २२ गते राणाले आफ्नो पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद रहेको दाबी गर्दै निर्वाचन आयोगमा राप्रपा प्रजातान्त्रिक दल गठनका लागि निवेदन दिएका थिए ।  सर्वोच्चको निर्णयसँगै कमल थापा नेतृत्वको राप्रपालाई राजनीतिक रुपमा क्षति पुगेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *