बोटलर्स तराई र नेपालको नाफा बृद्धि

काठमाडौं,भदौ १ । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपालले नाफा बृद्धि गरेका छन् । नाफा क्रमशः ४२ र ३४ प्रतिशतले बढेको हो ।

बोटलर्स नेपाल तराईले गत आर्थिक बर्षमा ३९ करोड ५४ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो आर्थिक बर्षमा २७ करोड ६७ लाख नाफा कमाएको थियो । यससँगै कम्पनीले उत्पादन बेचेर गत आर्थिक बर्षमा ४ अर्ब ४७ करोड आम्दानी गरेको हो । हाल कम्पनीमा उत्पादन खर्च तीन अर्ब ९ करोड रुपैयाँ रहेको छ।

त्यस्तै,कम्पनीको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा एक अर्ब ११ करोड रुपैयाँ र कम्पनीले प्रति शेयर ३२७ रुपैयाँ दरले आम्दानी गरिरहेको छ । अघिल्लो आर्थिक बर्षमा २२९ रुपैयाँ प्रति शेयर आम्दानी थियो।

यता,बोटलर्स नेपालले पनि गत आर्थिक बर्षमा ५८ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो भने अघिल्लो आर्थिक बर्षमा ४३ करोड ३८ लाख रुपैयाँ नाफा गरिसकेको छ । कम्पनीले गत आर्थिक बर्षमा उत्पादन बेचेर ७ अर्ब ६६ करोड रुपैयाँ आम्दानी गरेको हो । हाल कम्पनीको उत्पादन लागत ५ अर्ब २७ करोड रुपैयाँ रहेको छ।

त्यस्तै कम्पनीको चुक्ता पूँजी १९ करोड २८ लाख रुपैयाँ रहेको छ भने कम्पनीको जगेडाकोषमा २ अर्ब ९ करोड रुपैयाँ रहेको छ। कम्पनीबाट प्रतिशेयर २७३ रुपैयाँ आम्दानी भइरहेको छ । जुन अघिल्लो आर्थिक बर्ष २१० रुपैयाँ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *