चेल्सीद्वारा वेष्ट ब्रोम ३–० ले पराजित

काठमाडौं, १ फागनु । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई ३–० ले पराजित गरेको छ ।

चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडिन हाजार्डले २ तथा भिक्टर मोसेसले एक गोल गरे ।

जितसँगै चेल्सी प्रिमियर लिगको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । २७ खेलबाट उसको ५३ अंक छ ।

समान खेलबाट ५४ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ । ५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ७२ अंक छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =