एक महिनाको तलब बाढी पिडितलाईदिने माओवादी सांसदको निर्णय

काठमाडौं, साउन ३० । नेकपामाओवादी केन्द्रका सांसदहरुले एक महिनाको तलब बाढी पीडितहरुको राहतका लागिदिने निर्णय गरेका छन् । पार्टी कार्यालय पेरिस डाँडामा आज बसेको संसदीयबोर्डको बैठकले बाढी पीडितहरुको राहतका लागि पार्टीका सबै सांसदहरुले एक महिनाको तलबदिने निर्णय गरेको प्रमुख सचेतक रेखाशर्माले जानकारी दिनुभयो ।

बाढी पहिरो प्रभावितजिल्लाका सांसदहरुलाई पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाको काममा सक्रियतापूर्वक लाग्न बैठकले निर्देशन समेत दिएको छ । सत्ता साझेदार माओवादीको संसदीयबोर्ड बैठकले बाढी पीडितहरुको राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई प्रभावकारी र तदारुकता साथ अघि बढाउन सरकारलाई आग्रह समेत गरेको छ । बैठकले संविधान संशोधनविधेयक संसदबाट पास गराउनभूमिका खेल्ने निर्णय पनि गरेको माओवादीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *