कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन

सल्यान, साउन २७ । सल्यानको कपुरकोट गाउँपालिकाको केन्द्र तथा सल्यान, रुकुम रोल्पाको प्रवेशद्धारमा अवस्थीत कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन भएको छ । कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठकबाट वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर सेन संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन र कार्यपालिका सदस्य ठगबिर कामि सदस्य रहेको फोहोर व्यवस्थापन केन्द्र छनौट समिती गठन गरिएको हो ।

समितीलाइ बजार क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापन गरि स्वच्छ र सफा गाउँपालिका बनाउन उपयुक्त स्थानको छनौट, उक्त स्थानमा जग्गा प्राप्तीको प्रक्रिया तथा विधि र स्थायी फोहोर व्यवस्थापन केन्द्र स्थापना नहुन्जेल सम्मका लागी अस्थायी रुपमा फोहोर व्यवस्थापनका लागी शिफारिस गर्न १५ दिनको समय दिइएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *