नेयमारले पिएसजीबाट डेब्यु गर्न केहि समय कुर्नुपर्ने

एजेन्सी – विश्व कीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारले आफ्नो नयाँ क्लबमा डेब्यु गर्न अझै केहि समय कुर्नुपर्ने देखिएको छ । स्पेनिस लिगले आवश्यक कागजात फ्रेन्च लिगलाई नपठाउँदा यस्तो समस्या आइपरेको हो ।

नेयमार पिएसजी आइपुगेको १ साता बितिसक्दा पनि स्पेनिस लिगले अझैसम्म उनको अन्तर्राष्ट्रिय स्थानान्तरण प्रमाणपत्र (आइटिसी) उपलब्ध गराएको छैन । फ्रेन्च लिगले उक्त प्रमाण पत्र प्राप्त नगर्दासम्म नेयमारले पिएसजीबाट खेल्न पाउने छैनन् । सामान्यतया ट्रान्सफर पुरा भएको २/३ दिन भित्रै उपलब्ध गराइने प्रमाण पत्र स्पेनिस लिगले जानाजान नपठाएको भन्ने आरोप समर्थकहरुको छ ।

नेयमारको ट्रान्सफर हुँदा पनि ला लिगाको अध्यक्षले उक्त रिलिक क्लजको छेक बुझ्न मानेका थिएनन् । अध्यक्ष जाभिएर टेबासले नेयमारका वकिलहरुले दिएको चेक लिन मानेका थिएनन् । स्पेनिस लिगले नेयमारको प्रस्थानपछि स्पेनको लिग फुटबलको लोकप्रियता केहि घट्ने डरले उनको ट्रान्सफर रोक्ने प्रयास गरेका थिए । तर, फ्रेन्च लिगले छोटो समयमै प्रेस वक्तव्य जारी गरेपछि ट्रान्सफर भएको थियो ।

पिएसजीको पहिलो लिग खेलमा दर्शक दिर्घामा रहेका नेयमारले दोश्रो खेल खेल्नका लागि बिहिबारसम्म उक्त कागजात फ्रेन्च लिगले पाउनुपर्ने प्रावधान रहेको छ । स्पेनिस लिगले भने केहि ढिलाई हुनु सामान्य रहेको बताउँदै आएको छ । यदि स्पेनिस लिगले जानाजान यसो गरेमा पिएसजी र फ्रेन्च लिगले फिफामा उजुरी पनि हाल्न सक्नेछन् । पिएसजीले लिग वनको दोश्रो खेलमा आइतबार ग्वेनग्याम्पको सामना गर्दैछ । उक्त खेलमा सहभागी भए नेयमारले फ्रान्सेली क्लबका लागि पहिलो खेल खेल्नेछन् । खेल ग्वेनग्याम्पको घरेलु मैदानमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *