‘बादशाहो’ को ट्रेलर रिलिज, (भिडियोसहित)

काठमाडौं, साउन २५ । अजय देवगनको आगामी चलचित्र ‘बादशाहो’ को ट्रेलर रिलिज गरिएको छ । यसअघि चलचित्रको टिजर रिलिज गरिएको थियो । टिजरमा चलचित्र एक्सनले भरिपूर्ण छ भन्ने अनुमानसमेत गरिएको थियो । ट्रेलर आएपछि चलचित्रमा गज्जबको एक्सन रहेको स्पष्ट भएको छ ।

अजय देवगन, इमरान हासमी, विद्युत जामवाल जस्ता कलाकार भएको चलचित्रमा एक्सनको अपेक्षा गर्नु स्वभाविक नै हो । एक्सनसँगै चलचित्रमा राजनीति र भावनात्मकताको समिश्रण छ ।

मिलन लथुरियाको यो चलचित्रमा सबै फिल्मी मसाला देख्न सकिन्छ । गज्जबको डाइलग चलचित्रको अर्को  सबल पक्ष हो । चलचित्रमा इलियाना डिक्रुज र ईशा गुप्ता पनि देखिएका छन् ।

चलचित्रको कथानक भारतमा लागेको संकटकालीन अवस्थाको छ । जसमा एक आर्मीले एक राजकुमारीबाट सुन लिएर जानु पर्ने हुन्छ । सेनालाई सुन लान त्यति सहज छैन किनभने अजय देवगन आफ्नो टिमका साथ उभिएका छन् । अजय देवगन र समूहले उक्त सुन आर्मीबाट खोसेर लान सक्छ कि सक्दैन चलचित्र हेरेपछि मात्र थाहा हुन्छ । चलचित्र सेप्टेम्बर १ मा आउँदैछ ।

यहाँ हेरौँ ट्रेलर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *