मोस्ट वान्टेड फिल्म ‘बागी–२’ को सुटिङ सुरु

काठमाडौं, साउन २४ ।  बलिउडको मोस्ट वान्टेड फिल्म ‘बागी–२’ को सुटिङ सुरु भइसकेको छ । चलचित्रको पहिलो तस्विर सार्वजनिक गरिएको छ । पोस्टर चलचित्रकी अभिनेत्री दिशा पटानीले सार्वजनिक गरेकी हुन् ।

तस्विर शेयर गर्दै दिशाले लेखेकी छन्, “हामी एउटा नयाँ यात्राका लागि तयार छौँ” यो चलचित्रको पोस्टरमा कास्ट क्रुसँगै टाइगर पनि देखिएका छन् । यो चलचित्रका बारेमा निकै समय अघिदेखि कुरा भइरहेको थियो । तर चलचित्रका लागि शीर्ष अभिनेत्रीको निर्णय भइसकेको थिएन ।

केही समय अघि यो चलचित्रका लागि श्रद्धा कपुरलाई लिइने खबर थियो पछि दिशाको नाम अघि आएको हो । अमरउजालाका अनुसार दुई स्टारले केही दिन अघि चलचित्रको एउटा गीतको रिहर्लसल पनि गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *