पूर्वाञ्चल सिङ्गिङ स्टारको तयारी हुँदै

भरतराज शर्मा(गोपाल), धरान । पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गर्दै आएको पूर्वाञ्चल सिङ्गिङ स्टारको पाँचौ संस्करणको तयारी थालिएको छ । आगामी भदौ अन्तिमदेखि संस्करण सुरु हुने भएको हो । बागिना कला केन्द्रको आयोजनामा आइतबार धरान–९ स्थित हाङकुक सारङ कोरियन रेष्टुरेष्टमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा पूर्वाञ्चलका १६ जिल्लामा अडिसन आयोजना गरिनेछ । पत्रकार सम्मेलनमा संयोजक भक्तिराज राईले रामेछाप, सिन्धुली, पोखरा र काठमाण्डौमा पनि अडिसन गर्न सक्ने जनाए ।

१ हजारभन्दा बढीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता २०७० सालदेखि सुरु गरिएको थियो । विकट जिल्ला सोलुखुम्बुबाट भदौ अन्तिम सातादेखि अडिसन राउण्ड सुरु हुने उनले बताए । पहिलो हुनेलार्इ नगद ५० हजार, दुई वटा गीत निः शुल्क रेकर्ड र एक वर्ष निः शुल्क म्युजिक कोर्षको व्यवस्था गरिएको छ । प्रतियागितामा दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २५ र १५ हजारका साथै एउटा गीतमा निः शुल्क रेकर्ड र म्युजिक कोर्षको व्यवस्था गरिएको छ ।


यस्तै, यस वर्ष एकएकवटा गीटार पनि प्रदान गरिने उनले बताए । २०६९ सालमा स्थापना भएको केन्द्रले आयोजना गरेको प्रतियोगिता अन्तर्गत २०७० सालमा तेह्रथुमका संगम चोङवाङ, २०७१ सालमा ताप्लेजुङकी प्रकृति थलङ, २०७२ सालमा भोजपुरकी सिर्जना तामाङ र २०७३ सालमा तेह्रथुमका दिलेनबाबु लिम्बु पूर्वाञ्चल स्टार बनेका थिए । स्टार बनेकी प्रकृति राष्ट्रियस्तरको एल्बम समेत निकाली देश–विदेशमा विभिन्न साङ्गीतिक कार्यक्रममा सहभागिता समेत जनाइसकेकी छिन् । यस्तै, सिर्जना तामाङले एल्बम निकाली सकेकी छिन् । भने, हाल उनको बरपीपलको छाया‘ बोलको गीत चर्चामा छ । उनले दर्जन बढी म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छिन् भने सङ्गमले विभिन्न साङ्गीतिक कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।

युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान नारा दिएर आयोजना भइरहेको पूर्वाञ्चल स्टारले पूर्वमा नाम कमाइसकेको छ । प्रतियोगितामा वेष्ट भोकल, वेष्ट पर्सनालिटी, वेष्ट पर्फमेन्स, वेष्ट पब्लिक च्वाइस, वेष्ट डिसिप्लिनको अवार्ड पनि दिइने आयोजकले जनाएको छ । लुकेर रहेका गायन प्रतिभाहरुलाई उजागर गर्ने र अवसर दिने उद्देश्यले पूर्वाञ्चल बागिना कला केन्द्र धरानले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *