बडिमालिका जाने क्रमा भिरबाट लडेर मृत्यु

बाजुरा, साउन २१ । बाजुराको धरोहर मानिने धार्मीक तिर्थ स्थल बडिमालिकाको दर्शन गर्न जाने क्रममा एक जनाको भिरबाट लडेर मृत्यू भएको छ । मृत्यू हुनेमा बाजुराको त्रिबेणी नगरपालिका वडा न २ का ५५ बर्षिय डम्मलाल जैशी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले जानकारी दिनुभयो ।

चिताएको कुरा पुरा हुने विश्वास रहेकाले देश बाहिरबाट समेत दर्शनार्थी आउने गरेका छन् । बडिमालिका माईको दर्शन गरेर एक दिन त्रिवेणीमा बास बस्ने प्रचलन छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडिमालिका समुद्रसतहबाट ४ हजार मिटरभन्दा बढी उचाईमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *