नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्तमा थापा नियुक्त
२०८३ साउन ६ गते

काठमाडौं । नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा सन्तोषकुमार थापा नियुक्त भएका छन् । सरकारले थापालाई नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा नियुक्त गरेको हो ।
उनलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । पछिल्लो समय नेपाल स्काउटमा राजनीति हुँदा थिलोथिलो बनेको छ । कहिले जग्गा भाडा त कहिले राजनीतिक चलखेलका कारण स्काउट विवादमा पर्दै आएको छ ।
यस्तो अवस्थामा थापाले नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्तको जिम्मेवारी पाएका हुन् । यो सबै व्यवस्थापन गर्दै लैजान उनीलाई निकै चुनौति छ ।
२०८३ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








