पानीट्याङ्कीका मृतक दुवैको पहिचान खुल्यो

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरकोल पानी ट्याङ्कीमा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघरका कमल गिरी र घनश्याम गिरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

उनकाअनुसार कमल पूर्वाधार निर्माणका ठेकेदार र घनश्याम मिस्त्री हुन् । दुवै जनाले ठेक्कामा काम गर्ने हुँदा पानीट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीयले उनीहरूलाई पानीट्याङ्कीमा मृतक अवस्थामा देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए ।

उनीहरूले गए राति प्रयोग गरेको मोटरसाइकल पनि घटनास्थल नजिक फेला परेको थियो । उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =