चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको जनाइएको छ । आँधीका कारण करिब ६० हजार किलोमिटरभन्दा बढी सडकहरू प्रभावित भएको जनाउँदै सरकारी अधिकारीहरूले राहत तथा उद्धार प्रयासमार्फत आधारभूत सेवाहरू पुनःस्थापना गर्नमा ध्यान केन्द्रित गरेको उल्लेख गरेका छन् ।

गत जुलाई–१५ मा देशको दक्षिणी भागबाट सुरु भएको आँधीले कोकिम्बो र अटाकामाको सामान्यतया सुक्खा क्षेत्रमा प्रहार गरेको जनाइएको छ । चिलीको सेनाप्रेड राष्ट्रिय आपतकालीन सेवाका निर्देशक एलिसिया सेब्रियनले पत्रकारसँगको साक्षात्कारमा १३ जनाको मृत्यु भएको पुष्टि गर्दै सात जना बेपत्ता भएको बताइन् ।

वर्षाका कारण करिब दुई हजार ८०० घरहरू क्षतिग्रस्त भएको तथा पानी र हिलो माटोले अवरुद्ध भएका नदी र सडकहरूले धेरै सहरहरू प्रभावित भएको चिली सरकारले जनाएको छ ।

प्रत्यक्षदर्शी तथा प्रभावितहरूले आँधीले आपतकालीन अवस्था सिर्जना गरेको बताएका छन् भने कोकिम्बोका नेता प्याट्रिसिया अलबोर्नोजलाई उद्धृत गर्दै नदीहरूमा अस्वाभाविक गतिमा बाढी आएको एएफपीले जनाएको छ ।

आन्तरिक मन्त्री क्लाउडियो अल्वाराडोले वर्षा कम हुने अपेक्षा गरिएको भए पनि उच्च बहावसहित बगेका नदी किनार र खोलाहरूका कारण अझै पनि जोखिम कायमै रहेको बताए ।

राष्ट्रपति जोस एन्टोनियो कास्टले प्रभावित क्षेत्रमा आपतकालको घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =