सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार, पोखरा लगियो

गण्डकी ।  रक्तस्रावका कारण स्वास्थ्यावस्था जटिल भएपछि निसीखोला–३ का ३९ वर्षीया गर्भवती मीना सुनारको थप उपचारका लागि नेपाली सेनाले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुर्‍याएको छ ।

मङ्गलबार बागलुङको बोहरागाउँ स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई आज बिहान बुर्तिबाङ अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट आजै पोखरा लगिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिए ।

“स्वास्थ्य परीक्षणका क्रममा उनको पेटमा रगत जमेको पाइएको छ, यहाँ उपचार हुन नसक्ने भएपछि सेनाको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पठाइएको छ”, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =