निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द

धनुषा । जनकपुरधामस्थित ऐतिहासिक विवाह मण्डप र जानकी मन्दिर परिसरमा रहेको सङ्ग्रहालय (म्युजियम) मङ्गलबारदेखि बन्द गरिएको छ ।

मधेस प्रदेशका गृहमन्त्री फकीरा महतोले धनुषा जिल्ला प्रशासनसँग परामर्श नगरी दुवै स्थलमा निःशुल्क प्रवेशको व्यवस्था गर्न निर्देशन दिएको भन्दै विरोध स्वरूप विवाह मण्डप तथा सङ्ग्रहालय बन्द गरिएको प्रशासन ले जानकारी दिएको छ ।

विवाह मण्डप र सङ्ग्रहालय बन्द भएपछि अवलोकनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटक एवं दर्शनार्थी प्रभावित भएका छन् ।

उक्त विषयमा मधेस प्रदेश सरकारको आधिकारिक धारणा सार्वजनिक भएको छैन । विवाह मण्डप तथा सङ्ग्रहालय प्रशासनले वार्ता र सहमतिका आधारमा समाधान नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने सङ्ग्रहालय प्रशासनले जनाएको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले विवाह मण्डप निर्माण सम्पन्न भएदेखि मन्दिर व्यवस्थापनका साथै कर्मचारीका सेवा सुविधाका लागि टिकट खर्चबाट हुँदै आएकाले मन्त्री महतोले सबै टिकट नै उठाएर लगेपछि सङ्ग्रहालय बन्द गरिएको बताए ।

उनले भने, ‘आवश्यक छलफल र सहमतिविना गरिएको निर्णय स्वीकार्य छैन । समस्या समाधान नभए थप आन्दोलन हुन्छ ।’

जनकपुरधामको ऐतिहासिक विवाह मण्डप र जानकी मन्दिर परिसरस्थित सङ्ग्रहालय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सम्पदाका रूपमा परिचित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 17 =