तनहुँमा पुल निर्माणको सात महिनापछि उद्घाटन

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ जोड्ने चुँदी खोलामाथिको पक्की पुल निर्धारित समयभन्दा सात महिना अगाडि नै सम्पन्न भएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु १० करोड १० लाख ९१ हजार १६६ पैसा लागतमा सो पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालय, तनहुँका प्रमुख रविन्द्र तिवारीले जानकारी दिए ।

पुलको निर्माण असार १० गतेसम्म पूरा गर्ने समयसीमा रहेकामा गत पुसमै सम्पन्न भएको थियो । उक्त पुल निर्माण सम्पन्न भएसँगै डुम्रे बजार हुँदै लमजुङ, गोरखा र मनाङ जाने सवारीसाधन आवतजावतमा सहज भएको छ ।

पुल बनाइनुअघि डुम्रे बजार क्षेत्रमा आवतजावत गर्ने सन्दर्भमा सवारी चापको समस्या थियो । पुल सञ्चालनमा आएसँगै मालसामान ढुवानी गर्ने ठूला सवारीसाधन र निजी गाडी डुम्रे बजार प्रवेश नै नगरी सिधै आफ्नो गन्तव्यमा जान सकिने भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त पुलको गत सोमबार उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =