सङ्खुवासभाबाट गाँजासहित एक जना पक्राउ
२०८३ असार २९ गते

सङ्खुवासभा । खाँदबारीबाट अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
खाँदबारी नगरपालिका–८, अर्चलेका स्थानीय ७० वर्षीया रत्नबहादुर मगर दुई किलो ९२८ ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।
मगरले निजको घरमा लागुऔषध गाँजा लुकाइछिपाइ बिक्री–वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा आइतबार पक्राउ गरेर सार्वजनिक गरिएको प्रहरी निरीक्षक राजवंशीले बताए ।
२०८३ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








